Logo

प्रधानमन्त्री ओली र मोदीमा को धनी ?, मोदीसँग ४९ हजार मात्रै नगद

प्रधानमन्त्री ओली र मोदीमा को धनी ?, मोदीसँग ४९ हजार मात्रै नगद



देशको कार्यकारी व्यक्तिसँग कति सम्पत्ति छ भन्ने विषय धेरैको चासोका रुपमा रहन्छ । देशलाई समृद्ध बनाउने अभिभारासहितका त्यस्ता व्यक्ति आफूचाहीं कति समृद्ध छन् भन्ने जानकारी खोज्नु सामान्य नै हो । नेपालको कानुनी व्यवस्था अनुसार सरकारी जिम्मेवारी र तलब अथवा भत्ता सुविधा पाउने व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । यस्तो व्यस्था छिमेकी मुलुक भारतमा पनि छ ।

दुई देशका कार्यकारी अर्थात प्रधानमन्त्रीले पनि आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ । नेपालका प्रधानमन्त्रीले आफ्नो कार्यकालमा एक पटक यस्तो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएपनि भाररतीय प्रधानमन्त्रीले भने हरेक आर्थिक वर्षमा यस्तो विवरण सार्वजनिक गर्छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठमा सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ । जुन् प्रधानमन्त्रीको तलब भत्ता बापतको उल्लेख थियो । त्यस्तै ओलीसँग १७/१८ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्रीको श्रीमती राधिका शाक्यको नाममा एउटा एक रोपनी र अर्को डेढ रोपनी जग्गामा दुई ओटा घर छ । त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ भने शाक्यको नाममा तीन ओटा बैंक खाता छ । माछापुच्छ्रे बैंकमा चार लाख, प्रभु बैंकमा ६ लाख र राष्ट्रिय बचतपत्रमा २५ लाख रुपैयाँ लगानी रहेको छ ।

मोदीको खातामा १ करोड १८ लाख

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैमात्र सन् २०१७–१८ को आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छन् । सार्वजनिक भएको सम्पत्ति अनुसार मोदीको नगद रकम अघिल्लो वर्षको एक लाख ५० हजारबाट घटेर ४८ हजार ९ सय ४४ भारतीय रुपैयाँ पुगेको छ । उनको वित्तीय तथा अचल सम्पत्ति कुल गरेर दूई करोड २८ लाख भारु बराबर पुगेको छ ।

गान्धीनगरमा रहेको स्टेट बैंक अफ इन्डियाको खातामा उनको बचत ११ लाख २० हजार भारु छ । त्यस्तै मुद्धति खातामा एक करोड ७ लाख भारु छ । पूर्वाधार बोन्डबापत उनको २० हजार भारु रहेको पनि उल्लेख छ । राष्ट्रिय बचतपत्रमा पाँच लाख १८ हजार २ सय ३५ भारु छ भने एलआईसी पोलिसिमा एक लाख ५९ हजार भारु रहेको छ ।

विवरण अनुसार मोदीसँग आफ्नो नाममा कुनै सवारी छैन । मोदीसँग सुनको नाममा एक लाख ३८ हजार भारु पर्ने चार ओटा औठी छन् । उनको अचल सम्पत्तिको रुपमा सन् २००२ मा अहमदावदमा खरिद गरेर जग्गा छ । यसको वर्तमान बजार मूल्य करिब एक करोड भारु अनुमान गरिएको छ । आफ्नो श्रीमती जसोदावेनको सम्पत्ति भने जानकारीमा नरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL