Logo

कालिञ्चोक केवलकारको ९५ प्रतिशत काम सम्पन्न, घटस्थापना देखी संचालन, १० करोडले बढ्यो लागत

कालिञ्चोक केवलकारको ९५ प्रतिशत काम सम्पन्न, घटस्थापना देखी संचालन, १० करोडले बढ्यो लागत



काठमाडौं । दोलखामा निर्माणधिन केवलकारको लागत बढने भएको छ । आयोजनाको कुल अनुमानित लागत ३५ करोड रुपैयाँ रहेको थियो । तर बिभिन्न समस्याले गर्दा आयोजनाको लागत बढेर करिब ४५ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

निर्माण सामग्रीको बढ्दो मूल्य तथा वर्षायामले गर्दा काम हुन नसके पछि लागत बढेको संचालक वाल कृष्ण शिवाकोटीको भनाई रहेको छ ।संचालक शिवाकोटीले दशैंमा केबलकार संचालनमा ल्याउने बताए । दोलखाको कालिञ्चोक मन्दिरसम्म पुग्ने केबलकारको निर्माण कार्य भने करिब ९५ प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए ।

निर्माणको करिब ९५ प्रतिशत कार्य सकिएको बताउँदै सञ्चालक शिवाकोटीले आउँदो दशैंमा भक्तजनको चापलाई मध्य नजर गर्दै घटस्थापना देखी केबलकार सञ्चालनमा ल्याईने उनको दावी थियो । ‘दशैं देखी संचालनमा ल्याउन लागेको केवलकारको टिकटदर भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सँग छलफल गरेर टुङ्गो लगाईनेछ,’ शिवाकोटीले भने ।

कालीञ्चोक दर्शन लिमिटेडले संचालनमा ल्याउन लागेको उक्त केबलकारको गुण्डोला भने ४ वटा रहने छ । उक्त ४ वटा गुण्डोला मार्फत दैनिक करिब २ हजार देखी २५ सय सम्म यात्रु ओसारपसार गर्न सकिनेछ ।

करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको मन्दिरसम्म पुग्न दोलखाको कुरी बजार देखि पैदल यात्रामा १ देखि २ घण्टा लाग्ने बाटो केबलकार निर्माण सम्पन्न भए पछि ४ मिनेटमा पुग्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL