Logo

एप्पलको २ ओटा सिमकार्ड लाग्ने मोबाईल सार्वजनिक, यस्ता छन विशेषता

एप्पलको २ ओटा सिमकार्ड लाग्ने मोबाईल सार्वजनिक, यस्ता छन विशेषता



काठमाडौं । एप्पले डुअल सिमकार्ड मोबाइल सार्वजनिक गरेको छ । मोबाईल ब्रान्डमा महंगो मानिएको एप्पलले डुअल सिमयुक्त मोबाईल बुधबार सार्वजनिक गरिएको हो ।
कम्पनीले बुधबार राती एक कार्यक्रमको आयोजना गर्दै अमेरिकाको सान फ्रान्सिस्कोमा डुअल सिमयुक्त ‘आईफोन एक्स एस’ र ‘आईफोन एक्स एस म्याक्स’ सार्वजनिक गरेको हो ।

कम्पनीले हालै सार्वजनिक गरेको आईप्याडमा पनि २ ओटा सिमकार्ड लाग्ने जानकारी दिएको छ । यसका साथै उक्त २ नयाँ फोनमा इ–सिमको पनि सुविधा रहेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार ई सिम सुविधा भनिएको कुनै पनि फोनमा २ वटा सिमकार्ड मध्ये कुनै एउटालाई मात्रै संचालनमा ल्याउन या बन्द गर्न भौतिक सिमकार्डलाई बाहिर ननिकालीकनै पनि संचालन या बन्द गर्न मिल्नेछ । यसका साथै कम्पनीले सार्वजनिक गरेको स्मार्ट वाचमा पनि ईसिमको व्यबस्था गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको एप्पल एक्स एसमा ५ दशमलव ८ ईन्चको डिस्प्ले रहेको छ । यस्तै उक्त फोनमा वाईरलेस चार्जरका साथै फेस डिटेक्सनको सुविधा रेहेका छ । कम्पनीका अनुसार उक्त फोन ६४ जीबी, २ सय ५६ जीबी र ५ सय १२ जीबीमा उपलब्ध रहेको छ ।

साथै कम्पनीले सार्वजनिक गरेको अर्काे फोन ‘आईफोन एक्स एस म्याक्स’ मा पनि त्यस्तै फिचर रहेका छन । उक्त फोनमा पनि २ ओटा सिमकार्ड लाग्ने छ भने पानीमा ३ मिनेट राख्दा पनि केहि नहुने विशेषता रहेको छ । कम्पनीका अनुसार उक्त फोनहरुको बजार मूल्य ९ सय ९९ डलर देखि माथि रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL