Logo

होङसी शिवम सिमेन्टमा ५ बैंकको १६ अर्ब लगानी, उत्पादन क्षमता दोब्बर बनाउँदै

होङसी शिवम सिमेन्टमा ५ बैंकको १६ अर्ब लगानी, उत्पादन क्षमता दोब्बर बनाउँदै



काठमाडौं । होङसी शिवम सिमेन्टमा नेपाली बैंकहरुले १६ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । एनएमबी बैंकको अगुवाइमा विभिन्न ५ बैंकले होङसी शिवममा १६ अर्ब रुपैयाँ लगानी गर्ने सम्झतौ भएको छ ।

एनएमबीको अनुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले ऋण लगानी गर्ने भएका हुन । उक्त सम्झौतामा एनएमबीका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र होङसी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार एनएमबीले ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब, प्रभुको ३ अर्ब, एभरेष्टको १ अर्ब २५ करोड र एसबीआईको १ अर्ब रुपैयाँ ऋण लगानी गर्ने छन् । उक्त लगानीकोे सुरक्षण जमानत बैंक अफ चाइना र चाईनाकै मिङसेङ बैंकले गरेको छ ।

बैंकको लगानीसँगै आगामी दिनमा होङसी शिवम सिमेन्टले आफ्नो उत्पादन दोब्बर बनाएर दैनिक १२ हजार टन पुग्याउने कम्पनीमा उपाध्यक्ष विश्वनाथ गोयलले जानकारी दिए । सन् २०१८ को मार्चदेखि उत्पादन थालेको सो उद्योगले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । सो उद्योगले निर्माण कार्य सुरु गरेको १६ महिनामै संचालनमा ल्याएको थियो ।

कार्यक्रममा लिडिङ बैंककोतर्फबाट बोल्दै एनएमबी बैंकका सीईओ केसीले यो नेपाली बैंकहरुले गरेको हालसम्मकै ठूलो लगानी भएको र यसले अबमा दिनमा नेपाली बैंकहरु पनि ठूला परियोजनामा लगानी गर्न सक्षम भएको प्रमाण पेश गरेको जानकारी दिए ।

प्रत्यक्ष वैदेशिक लगानी अन्तरगत कुल ३६ अर्ब रुपैयाँमा स्थापना भएको सो उद्योगमा चिनियाँ होङ्सीको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत लगानी रहेको छ । गत वर्षको भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता भएको थियो ।
हाल कम्नपीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ भने ‘होङ्सी’ कै नामबाट बजारमा पठाइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL