Logo

पर्यटकको संख्या र बसाई एकिन गर्न ‘टुरिजम स्याटेलाईट एकाउण्ट’, स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ राखिने

पर्यटकको संख्या र बसाई एकिन गर्न ‘टुरिजम स्याटेलाईट एकाउण्ट’, स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ राखिने



काठमाडौं । सरकारले स्थलमार्गबाट आउने पर्यटकको समेत तथ्याङक राख्ने भएको छ । अबको केही महिनाभित्रै स्थलमार्गबाट आउने पर्यटकको पनि तथ्याङ्क राखिने नेपाल पर्यटन बोडले जानकारी दिएको छ ।

बोर्डका अनुसार २०२० मा २० लाख पर्यटक पुर्याउन तथा सही तथ्याङक राख्न समेत सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको हो ।

यस अघि सरकारले हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङक राख्ने गरेको थियो । टुरिजम स्याटेलाइट एकाउन्ट मार्फत कुन नाकामार्फत कति पर्यटक भित्रिए भन्ने तथ्याङक राख्नेछ ।

उक्त स्याटेलाइटमार्फत पर्यटकले नेपालमा कति दिन बिताए र कति खर्च गरे भन्ने सम्मको तथ्याङक राख्ने बोर्डले जानकारी दिएको छ ।

यो प्रणाली विश्व पर्यटन संघठनले सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी, गैर बजेटरी प्रभाव तथ्याङकमा समाबेश गर्नेछ ।

बोर्डका अनुसार सन २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका छन भने सन २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अबका दिनमा नेपाल वायुसेवा निगमका वाइडबडी जहाजले मात्रै ४ लाख पर्यटक बोक्ने निगमको भनाई रहेको छ । सन २०२० सम्म यूरोप, दक्षिण पूर्वी एशिया लगायतका देशमा निगमको जहाजले उडान भर्ने निगमका सह प्रवक्ता शैलेश कंसाकारले जानकारी दिए ।

मुख्य पर्यटकीय गन्तव्यमा मात्रै नभई देशभर गुणस्तरीय होटल तथा रेष्टुराँको स्थापना, स्थानीय उत्पादनलाई बढवा दिने र गाउँमै रोजगारीको अवसर प्रदान गर्न पनि मन्त्रालय लागिपरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL