Logo

उखु किसानलाई प्रति क्विन्टल ६० रुपैयाँ अनुदान दिने मन्त्रिपरिषद्को निर्णय

उखु किसानलाई प्रति क्विन्टल ६० रुपैयाँ अनुदान दिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैंठकले उखु किसानलार्य प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

सरकारले देशलाई चिनीमा आत्मनिर्भर बनाउन तथा सोका लागि उखु किसानलाई प्रोत्साहन गर्न अनुदान दिने निर्णय गरेको हो । किसालाई जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यस अघि सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ तोकेको थियो । सरकारले अनुसार उपलब्ध गराएसँगै त्यसमा प्रतिक्विन्टल ६० रपैयाँ थप हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL