Logo

एप्पलको आम्दानी ५८ खर्ब नाघ्यो, नाफामात्रै साढे १२ खर्ब माथि

एप्पलको आम्दानी ५८ खर्ब नाघ्यो, नाफामात्रै साढे १२ खर्ब माथि



काठमाडौं । टेक जायन्ट एप्पल इन्कर्पोरेसनले आफ्नो तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन नेपाली समय अनुसार मंगलबार राति सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमास पुरा हुने जुनको अन्त्यसम्म आम्दानी ५८ खर्ब रुपैयाँ (५३ अर्ब ३० करोड डलर) नाघेको छ ।

यो आम्दानी एप्पलले तेस्रो त्रैमासका लागि निर्धारण गरेको लक्ष्यभन्दा एक अर्ब डलर बढी हो । अघिल्लो वर्षको यसै समयको तुलनामा आम्दानी १७ प्रतिशतले बढी भएको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका लागि यो तेस्रो त्रैमास हालसम्मकै सबैभन्दा बलियो समय पनि हो । एप्पलको विक्रिमा केही सुस्तता आएपनि कम्पनीको आम्दानीमा भने त्यसको खास असर देखिएन ।

कम्पनीका अनुसार एप्पलको औषत विक्रि मूल्य अनुमान गरिएभन्दा पनि धेरै रहेको छ । ६ सय ९३ डलर विश्लेष गरिएको आइफोनको मूल्य ७ सय २४ डलरमा औषत मूल्य पुगेको हो ।

एप्पलले आफ्नो चौथो त्रैमासका लागि ६२ अर्ब डलरसम्म आम्दानीको अपेक्षा राखेको छ । यो अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतसम्म बढी अनुमान हो । खासगरी आइफोनका तीन ओटा थप मोडल आउने र आइप्याड प्रो र एप्पल वाचको रिडिजाइन हुने ग्राहकको अपेक्षाले पनि एप्पललाई आम्दानी बढ्ने अनुमान गर्न सहयोग पुगेको छ ।

एप्पलका सीइओ टीम कुकले भने अहिलेसम्म यसलाई पुष्टि गरेका छैनन । तर उनले कम्पनीले आफ्ना ग्राहकको चाहना अनुसार फरक मोडलका आइफोन उपलब्ध गराउने तर्फ निरन्तर काम गरिरहने भन्ने जनाउँदै आएका छन् ।

तेस्रो त्रैमासमा एप्पलको आम्दानी अनुसार खुद नाफाको विवरण पनि सुखद छ । यस अवधिमा कम्पनीले १२ खर्ब ५३ अर्ब रुपैयाँ(११ अर्ब ५० करोेड डलर) खुद आम्दानी गर्न सफल भएको जनाएको छ । त्यस्तै आफ्ना लगानीकर्तालाई २५ अर्ब डलर फिर्ता गर्न सफल भएको एप्पलका सीएफओ लुका मेस्ट्रिले जनाएका छन् ।

एप्पलले हालै मात्रै तेस्रो पुस्ताको किबोर्ड पनि सार्वजनिक गरेको छ । एप्पले गत वर्ष नै तीन ओटा आइफोन मोडल ल्याउने विषय सार्वजनिक पनि गरिसकेको छ ।

एप्पलको अहिले मार्केट क्याप ९ सय ३५ अर्ब डलर छ । स्टक निरन्तर बढ्दै गएमा यसमा ७ प्रतिशतको वृद्धि हुन सक्नेछ । प्रति सेयर मूल्य २ सय ३ डलर नाघेमा एप्पल पहिलो ट्रिलियन डलर कम्पनी बन्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL