Logo

त्रिभुबन विमानस्थल : २१ घण्टा संचालनको घोषणा १८ घण्टामै सिमित

त्रिभुबन विमानस्थल : २१ घण्टा संचालनको घोषणा १८ घण्टामै सिमित



काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेपनि हालसम्म दैनिक १८ घण्टामात्र संचालन भइरहेको छ ।

गत जेठ ७ गते देखी २१ घण्टा संचालन गरेको भए पनि चार्टर विमानहरुले मात्र रातीको समयमा विमानस्थल प्रयोग गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘गाडीको ब्यवस्थापन गर्न त समय लाग्छ भने विमानस्थल हो केही समय लाग्छ नै,’ क्षेत्रीले भने, ‘विमानस्थलाई दैनिक रुपमा २१ घण्टा संचालन गर्न अझै केही समय लाग्नेछ ।’

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई दैनिक २१ घण्टा संचालनमा ल्याउन कतार एयरवेजले आफ्नो उडान तालिका नै परिवर्तन गर्ने भएको छ । कतार एयरवेजले अक्टोबर देखी राती १ बजे आफनो उडान गर्ने भएको छ ।

त्यस्तै नेपाल वायुसेवा निगम र हिमालयन एयरले पनि रातीको समय मिलाउन उडान तालिका बनाएको महाप्रवन्धक क्षेत्रीले बताएका छन । सरकारले आगामी २०२० मा २० लाख पर्यटक भित्र्याउन विमानस्थललाई २१ घण्टा संचालन गर्ने निर्णय गरेपनि भौतिक संरचना विकासमा भने ध्यान दिएको छैन ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउन निजगढ, पोखरा, लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा विशेष जोड दिनु पर्ने सम्वद्ध विज्ञहरु बताउँछन् । केही मात्रामा काम भए पनि त्यस क्षेत्रको काम भने सन्तोषजनक नभएको पर्यटन ब्यवसायीहरुको गुनासो रहेको छ । सरकारले जनताको आँखामा छारो हाल्ने काम बाहेक केही नगरेको पर्यटन क्षेत्रमा काम गर्ने ब्यवसायीहरुको आरोप छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL