Logo

रानीपोखरी पूनर्निर्माणको लागत बढ्दै, समयमै निर्माण नहुँदा फुटबल मैदानमा परिणत

रानीपोखरी पूनर्निर्माणको लागत बढ्दै, समयमै निर्माण नहुँदा फुटबल मैदानमा परिणत



काठमाडौं । भूकम्पले क्षतीग्रस्त रानीपोखरीको पूनर्निर्माणमा ढिलाई हुदाँ पोखरी यत्तीबेला फुटसलमा परिणत भएको छ ।

विश्वकप फुटबल सकिनै लाग्दा असारको मध्य दिनमा युवाहरु रानीपोखरीको घाँसे मैदानको खूल्ला चौरलाई फुटबल मैदान बनाईरहेका थिए । विभिन्न कारणले गर्दा समयमै रानीपोखरीको पुनर्निर्माण नभएपछि युवाहरुले पोखरीलाई नै फुटबल मैदान बनाएर फुटबल खेल्ने क्रम दैनिक रुपमा बढेको छ ।

विभिन्न समयमा उक्त पोखरी निर्माणमा विबाद तथा डिजाईनमा परिवर्तन हुँदा समयमा पुर्निर्माण हुन नसकेको काठमाडौ महानगरपालीकाले जानकारी दिएको छ ।

पछिल्लो समयमा सिमेण्ट र छड प्रयोग गरेर निर्माणको प्रारम्भिक काम सुरु गरेको भए पनि त्यसलाई पूर्ण परिवर्तन गरेर महानगरपालिकाले नयाँ डिजाइनमा बनाउन लागेको हो ।

नयाँ डिजाइनमा निर्माण गर्नुपर्ने भएपछि महानगरपालिकाले यसअघि सुरु गरिसकेको निर्माणको काम भत्काएर कंक्रिट हटाउने काम पुरा गरेको छ । कंक्रिट हटाउन मात्रै करिब १६ लाख खर्चेको महानगरपालिकाले पुनर्निर्माणको काम भने अझै सुरु गर्न सकेको छैन ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएको झण्डै ४ सय वर्ष लामो इतिहास बोकेको रानीपोखरीको पुनर्निर्माण ३ वर्ष विति सक्दा पनि हुन सकेको छैन ।

महानगरपालिकाले रानीपोखरी पसनर्निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजीभीसँगको पुरानो ठेक्का रद्द गरेपछि बैशाखमै नयाँ सुचना निकाल्ने तयारी गरेको थियो । तर, महानगरपालिककाले हालसम्म अर्को सुचना प्रकाशित गर्न सकेको छैन ।

हाल नक्साङ्कनको काम सकिएको र पुरातत्व विभागको स्वीकृति नआएकाले अर्को सुचना प्रकाशित गर्न नसकिएको काठमाडौ महानगरपालिकाका इन्जिनियर रामबहादुर थापाले जानकारी दिए ।

समयमै निर्माण नहुँदा रानीपोखरी निर्माण लागतसमेत बढ्न भएको छ । रानी पोखरी पुनर्निर्माणको लागि पहिले ११ करोड रुपैयाँमा टेण्डर भएकोमा हाल उक्त लागत बढेर १५ करोड रुपैयाँ सम्म पुग्न सक्ने थापाले जानकारी दिए ।

महानगरले बैशाखमै नयाँ सुचना प्रकाशित गरी बढीमा एक महिनाभित्रै काम गर्ने तयारी गरेको बताएको थियो तर असारको अन्तिम साता हुँदा समेत टेण्डर आह्वान गर्न सकेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL