Logo

थप ३ गन्तव्यमा उडान भर्दै निगम, वाइडबडी जहाजको लागि पाइलट खोजिँदै

थप ३ गन्तव्यमा उडान भर्दै निगम, वाइडबडी जहाजको लागि पाइलट खोजिँदै



काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानी) ले नयाँ विमान ल्याएसँगै थप ३ गन्तब्यमा उडान भर्ने भएको छ ।

निगमले अव आउने नयाँ वाईडबडी ए३३०–२०० जहाजबाट साउदी अरेबिया, दक्षिण कोरीया र जापानमा उडान भर्ने भएको हो । नयाँ वाईडबडी अबको केही दिनमै आएसँगै निगमसँग ५ वटा विमान हुनेछ । उक्त विमानले थप ३ गन्तब्यसँगै ११ गन्तब्यमा उडान भर्नेछन ।

निगमले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै २०१९ मा २ वटा न्यारोबडी ए ३२०–२०० जहाज ल्याउन गृहकार्य सुरु गरेको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका छन ।

निगमले पुरानो जहाजलाई डिस्पोज गर्दै जाने र नयाँ विमान थप्दै जाने रणनिति अनुसार आर्थिक वर्ष २०७५÷७६ मा १० वटा जहाज मध्य २ वटा अन्तरराष्ट्रिय उडानको लागि र ८ वटा भने आन्तरिक उडानको लागि खरिद गर्न सबै प्रकृया पुर्याई खरिद सम्झौता गर्ने तयारी भईरहेको समेत जानकारी दिएका छन ।

कंसाकारले आन्तरिक उडानमा नेवानीको वजार हिस्सा ३ प्रतिशत पनि नभएकाले आउँदो २ वर्ष भित्रमा ८ वटा विमान खरिद गरि सबै एयरपोर्टहरुमा नियमित उडान गर्ने भएको छ ।

यी विमानहरु खरिद गर्न भने सरकारले २० अर्ब रुपैयाँ दिएको जानकारी दिएका छन । २ वटा न्यारोबडीको करिब १२ अर्ब रुपैयाँ र सानो विमानको मूल्य करिब ४ अर्व रुपैयाँ पर्न जाने निगमको अनुमान रहेको छ । बाँकी रकमको लागि भने निगमले संचयकोष सँग कुरा गरेको जानकारी दिएको छ ।

कंसाकारले भने सबैले गर्ने एउटै प्रश्न हो पाईलटको भन्दै नेपालमा अहिले सम्म कुनै पनि पाईलट नभएको बताएका छन ।
विदेशी पाईलट ल्याउँदा सानो विमान चालकलाई मासिक ट्याक्स सहित करिब १२ लाख रुपैयाँ र ठूला विमान चालकलाई करिब १८ लाख रुपैयाँ बुझाउनु पर्छ । निगम सँग भएको १३ वटा विमानको लागि १ सय १६ जना पाईलटको आवश्यक्ता भए पनि हाल निगम सँग ८८ जना मात्रै रहेको कंसाकारले बताए ।

अवको केही महिना भित्रै ६ जना पाईलट र ६ जना को पाईलटको तयारी गर्ने बताउँदै कंसाकारले १२ जना पाईलट र १२ जना को पाईलट भने बाहिर बाटै ल्याउने निगमले जानकारी दिएको छ ।

चीनियाँ विमान एमए ६० को हकमा पाईलटको ब्यवस्था भएको र वाई १२ ईको पनि ४ जना क्याप्टेन रहेको जानकारी निगमले दिएको छ । ४ जना क्याप्टेन भए पनि पूर्ण रुपमा चलाउन भने थप ८ जना क्याप्टेन चाहिने कंसाकारले बताएका छन । एमए ६० र वाई १२ ईको लागि को पाईलट भने निगम भित्रबाटै ब्यवस्थापन गर्ने उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL