Logo

कलङ्की महाराजगञ्ज विस्तार सडक नक्सांकनमै सिमित, निर्माण कार्य शुन्य

कलङ्की महाराजगञ्ज विस्तार सडक नक्सांकनमै सिमित, निर्माण कार्य शुन्य



काठमाडौं । सरकारले कलङ्की महाराजगञ्ज सडक विस्तारको कामलाई द्वूत गतिमा अघि बढाउने निर्णय गरेपनि हालसम्म कुनै उपलब्धी हुन सकेको छैन ।

चीन सरकारको सहयोगमा निर्माण हुन लागेको कलङ्की महाराजगञ्ज सडक विस्तारको नक्सांकन कोर्ने काम मात्र भएको चक्रपथ विस्तार आयोजनाका ईन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । ‘सो सडकखण्ड विस्तारको नक्सा कोर्ने बाहेक अरु केही काम भएको छैन,’ उनले भने, ‘फिल्डमा कहिले काम सुरु हुन्छ कुनै टुङ्गो छैन ।’

अर्यालका अनुसार कलङकी महाराजगञ्ज सडक आसपासको सिमा क्षेत्र भित्र पर्ने घर टहरा तथा विजुलीको पोलहरु हटाउन करिब २ महिना अगाडी नै ३५ दिने सुचना प्रकाशित गरेको थियो । तर, अहिलेसम्म कुनै पनि काम अघि नबढेको उनले जानकारी दिए ।

त्यस्तै सडक विस्तारको लागि खानेपानीसँग समन्वय गरेर अगाडी बढनु पर्ने सडक विभागका प्रवक्ता मुक्त्ती गौतमले जानकारी दिएका छन ।

गौतमका अनुसार सडक विस्तार गर्ने क्रममा ढल फुटने तथा खानेपानीको पाईप लाईन काट्न सक्ने भन्दै खानेपानी सँग समन्वय गर्नु पर्ने भए पनि अहिलेसम्म कुनै समन्वय भएको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL