Logo

भुकम्प अनुदानमा छुटेका १५ हजारको नाम सार्वजनिक, समेटिए ११ जिल्लाका ६२ स्थानियतह

भुकम्प अनुदानमा छुटेका १५ हजारको नाम सार्वजनिक, समेटिए ११ जिल्लाका ६२ स्थानियतह



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथ्याङकको बिश्लेषण गरी थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ ।

प्राधिकरणको बुधबार बसेको बैठकले छुट तथा पुन जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङकको आधारमा भूकम्प अति प्रभावित ११ जिल्लाका ६२ वटा स्थानीय तहका थप १९ हजार ४ सय ७१ घरपरिवारलाई पुनर्निर्माण लाभग्राही र १५ हजार ७ सय ६६ घरपरिवारलाई प्रबलीकरण लाभग्राहीमा समावेश गरेको छ ।

बैठकले ११ हजार ४ सय ७५ घरपरिवारलाई गैरलाभग्राहीमा समावेश गर्ने निर्णय गरेको छ । प्राधिकरणले छुट तथा पुनरजाँच सर्वेक्षणबाट संकलित १ लाख २९ हजार ४ सय ८ मध्ये हालसम्म ९१ हजार ९ सय १८ वटा गुनासो फर्छ्योट गरेको छ । जसअन्तरर्गत ३९ हजार ७ सय ८१ पुनर्निर्माण लाभग्राही र २७ हजार ६३ घरपरिवार प्रबलीकरण लाभग्राहीमा सुचिकृत भएका छन ।

प्राधिकरणले स्थानीय तहले गरेको प्रमाणीकरणलाई थप बिश्लेषण गरी निश्चित मापदण्ड पूरा गरेकालाई लाभग्राही र नगरेकालाई गैरलाभग्राहीको रुपमा सुचिकृत गर्दै आएको छ । पुनर्निर्माण लाभग्राहीमा परेका घरपरिवारले आवश्यक प्रक्रिया पूरा गरी निजी आवास पुनर्निर्माणका लागि ३ लाख र प्रबलीकरण लाभग्राहीले घर मर्मतका लागि १ लाख रुपैयाँ पाउने गरेका छन ।

प्राधिकरणले संकलित तथ्याङक अनुसार ७ हजार घरपरिवारको नामावली थप प्रमाणीकरण गर्न स्थानीय तहमा पठाएको छ । भने थप १ लाख २२ हजार गुनासोको पनि सुनुवाई प्रक्रिया सुरु भईसकेको प्राधिकरणले जानकारी दिएको छ ।

बुधबार लाभग्राही थपिएसँगै कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख ७ हजार ४ सय ८६ र प्रवलीकरण लाभग्राहीको संख्या ५२ हजार ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL