Logo

सात महिनामा सवाँ ३ खर्व रेमिट्यान्स भित्रियो, बृद्धिदर भने बढ्न सकेन

सात महिनामा सवाँ ३ खर्व रेमिट्यान्स भित्रियो, बृद्धिदर भने बढ्न सकेन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ चैत, काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा कुल ३ खर्व २० अर्व ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । सो बृद्धिदर गत आवको सोही अवधिको तुलनामा २ दशमलव ९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालमा ३ खर्व ११ अर्व ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम बढेपनि नेपाल भित्र्ने रेमिट्यान्स भने घट्न थालेको छ । गत अवाको ७ महिनामा नेपाल भित्रने रेमिट्यान्सको बृद्धिदर ३८ दशमलव ६ प्रतिशत रहेको थियो ।

विदेशमा नेपाली कामदारले कमाएको पैसा सुन तस्करीमा प्रयोग हुन थालेपछि नेपाल भित्रने रेमिट्यान्स बृद्धिदर घट्न थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । यस्तै, कतिपय नेपालका म्यानपावर कम्पनीहरुले कामदारले कमाएको पैसा भिसा किन्नका लागि सम्बन्धित देशमै होल्ड गरेर राख्न थालेपछि पनि नेपाल भित्र्ने रेमिट्यान्स घटेको उनीहरुको भनाइ छ ।

रोजगारीमा जाने कामदार तथा डरलको भाउ दुवै बढेपनि देशमा भित्रने रेमिट्यान्स भने घटेको छ । ‘म्यानपावर व्यवसायीले भिसा किन्नका लागि नेपालबाट लैजानुपर्ने पैसा कामदारसँग उठाएर सम्बन्धित देशका एजेन्टलाई दिने गरेका छन्,’ एक अधिकारीले भने, ‘व्यवसायीले त्यस्ता कामदारलाई भने नेपालबाटै पैसा दिने गरेका छन् ।’

रोजगारीमा गएका कामदारलाई टिभी तथा सुन ल्याउदा भन्सार छुट दिएको हुँदा उनीहरुले त्यस्ता सामानमा बढी पैसा खर्च गर्ने गरेकाले नेपाल भित्रने रेमिट्यान्स घटेको नेपाल राष्ट्र बैंक स्रोतको भनाइ छ । कामदारहरुलाई पैसा ल्याउँदा भन्दा सामान ल्याउँदा फाइदा हुने भएकाले पनि जिन्सी सामान नै बढी ल्याउने गरेका छन् ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल भने हुण्डी मार्फत पैसा आउने क्रम बढेकाले रेमिट्यान्स बृद्धिदर घटेको बताउँछ् । त्यस्तै, पछिल्लो समय सुन तस्करीमा समेत कामदारले कमाएको पैसा प्रयोग हुने गरेको उनले जानकारी दिए । यस्तै, रेमिट कम्पनीहरु पनि हुण्डी लगायत गैरकानुनी च्यानलबाट पैसा भित्र्ने क्रम नरोकिएकाले रेमिट्यान्स भित्रने क्रम घटेको बताउँछन् ।

चालू आवको सोही अवधिमा नेपालबाट वैदेशिक कामदार विदेशीने क्रम भने २० प्रतिशतले बढेको छ । गत आवको पहिलो ७ महिनामा २ लाख ५८ हजार कामदार वैदेशिक रोजगारीमा गएकोमा चालू आवको सोही अवधिमा ३ लाख २० हजार कामदार विदेशिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL