Logo

प्रधानमन्त्रीले संसदमा भने, यसकारण घटेछ नेप्से परिसुचक, अब आत्तिन पर्देन’

प्रधानमन्त्रीले संसदमा भने, यसकारण घटेछ नेप्से परिसुचक, अब आत्तिन पर्देन’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको समय र त्यसपछि पनि नेप्से परिसुचक ओरालो लाग्नुको कारण खुलाएका छन् ।

उनले संसदमा बोल्दै उक्त कुरा बताएका हुन् । ‘हामी त चुनावमा होमिएका थियौं अर्थतन्त्रको विषयमा त्यसवेला त्यति चासो राखेका थिएनौं,’ उनले भने, ‘तर, अर्थतन्त्र हाक्ने लगानीकर्ताहरुले किन त्यतिवेला नेप्से परिसुचक घटाएर सेयर बेचे ?’

राजनीतिक दलहरु चुनावमा होमिदा देशको अर्थतन्त्र हाक्ने लगानीकर्ताहरु डराएर सस्तोमा सेयर बिक्री गरेको तथ्य बाहिर आएको उनको तर्क थियो । ‘हामी चुनावमा होमिएका थियौं लगानीकर्ताले अब के हुने हो भनेर डराउँदै सस्तोमा सेयर बेच्न थालेछन्,’ उनले भने, ‘अब स्थिर सरकार छ आत्तिन पर्दैन मनोवल उच्च पारेर सेयर कारोबार गर्दा हुन्छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL