Logo

२ महिनाभित्र सबै आवेदकलाई स्मार्ट लाइसेन्स, आजदेखि थप ४ वटा मेशिनबाट छाप्न सुरु

२ महिनाभित्र सबै आवेदकलाई स्मार्ट लाइसेन्स, आजदेखि थप ४ वटा मेशिनबाट छाप्न सुरु



काठमाडौं । यातायात व्यबस्था विभागले आजदेखि नयाँ मेशिनबाट स्मार्ट लाईसेन्स छाप्ने भएको छ । विभागले केही समय अघि मात्र ल्याएको नयाँ मेशिनबाट स्मार्टकार्ड छाप्न शुरु गर्न लागेको हो ।
विभागले आवेदकलाई समयमै स्मार्ट लाईसेन्स दिन नसकेको गुनासो बढेपछि विभागले नयाँ मेशिन ल्याएको थियो । विभागले ल्याएको थप ४ ओटा मेशिनमार्फत स्मार्ट कार्ड छाप्न सुरु गरेको हो ।

विभागले उक्त मेशिन बैशाखमै ल्याएको भएपनि प्राविधिक कारणले गर्दा लाइसेन्स छपाई कार्यमा ढिलासुस्ती हुन पुगेको थियो । तर आजदेखि भने सो मेशिनमार्फत पनि स्मार्ट लाईसेन्स छाप्न सुरु गरेको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

उनका अनुसार ४ ओटा मेशिनबाट दैनिक २ हजार ५ सयओटा स्मार्ट लाईसेन्सहरु छापिनेछ । विभागले आवेदन आएकामध्ये हाल २ लाख जना सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्न बाँकी छ । आवेदन दिएका सेवाग्राहीलाई लाइसेन्स चाँडो भन्दा चाँडो वितरण गर्न विभाग लागिपरेको समेत उनको भनाई थियो ।

‘हाल विभागबाट २ लाख ओटा स्मार्ट लाइसेन्स वितरण गर्न बाँकी छ,’ उनले भने, ‘नयाँ मेशिनलगायत ८ ओटा मेशिनबाट लाईसेन्स छाप्ने काम गरि अबको २ महिनामा वितरण गरेर सक्नेछौं ।’

स्मार्ट लाईसेन्सका लागि आवेदन दिएका सेवाग्राहीले १ बर्ष वितिसक्दा पनि चालक अनुमति पत्र नपाएपछि विभागप्रति गुनासो तथा आक्रोस बढ्दै गएको थियो । तर, अबका दिनमा लाइसेन्सका लागि आवेदन दिई ट्रायल पास गरेका तथा नविकरणका लागि आवेदन दिएका सेवाग्राहीले लामो समय कुर्न नपर्ने अर्याल बताउँछन् ।

विभागले गएको बैशाखमै सो अबधिसम्म आवेदन दिएका सेवाग्राहिलाई स्मार्ट लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराइले थप नयाँ ५ ओटा मेशिन थपेर दैनिक १२ घण्टाका दरले कामदारलाई २ सिफ्टमा बाँड्दै काम गर्ने बताएका थिए । तर, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले उनलाई हटाएपछि सो काम अन्यौलमा परेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL