Logo

कुलिङ पिरियड हटेसँगै नबिल बैंकको सीईओमा अनिल शाह नियुक्त, ४ बर्षे कार्यकाल

कुलिङ पिरियड हटेसँगै नबिल बैंकको सीईओमा अनिल शाह नियुक्त, ४ बर्षे कार्यकाल



काठमाडौं । नबिल बैंकको प्रमखु कार्यकारी अधिकृतमा अनिल केशरी शाह नियुक्त भएका छन् । बैंक संचालक समितिको बिहीबार बसेको बैंठकले सोही मितिबाट लागू हुनेगरी शाहलाई सीईओ पदमा नियुक्त गरेको हा ।

नेपाल राष्ट्र बैंकले ल्याएको कुलिङ पिरियडका कारण नबिल बैंकले तत्कालिन समयमा चोर बाटो अपनाउँदै शाहलाई कायम मुकायम सीईओ नियुक्त गरेको थियो । मेगा बैंकमा सीईओ पद छाडेपछिको कुलिङ पिरिडि सकिएसँगै शाहलाई नबिल बैंकले सीआईओ पदमा नियुक्त गरेको हो ।

बैंक संचालक समितिले शाहलाई आगामी ४ बर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा २७ बर्ष अनुभव भएका शाहले यस अघि नबिल र मेगा बैंकमा गरी १३ बर्ष सीईओ पद सम्हालेको अनुभव छ । उनी नेपाल बैंकर्ष संघका पूर्व अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL