Logo

व्यापार युद्धको चर्किदो असर, चीनले अमेरिकामा ह्वात्तै घटायो लगानी

व्यापार युद्धको चर्किदो असर, चीनले अमेरिकामा ह्वात्तै घटायो लगानी



काठमाडौं । संयुक्त राज्य अमेरिकाले एक हजार बढी चिनियाँ उत्पादनमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेपछि चीनले पनि अमेरिकालाई त्यस्तै चुनौती छ । चीनले पनि करिब ८ सय अमेरिकी उत्पादनमा कर लगाउने आधिकारीक घोषणा गरेपछि दुवै देश यतीबेला व्यापार युद्धको नजिक छन् ।

यस्तो युद्धको संकेत भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहि महिना अघि नै गरेका थिए । त्यसको असर अमेरिकी बजारमा देखिन सुरु भएको छ । खासगरी अमेरिकाको ठूलो लगानीकर्ताको रुपमा रहेको चीनले ठूलो परिमाणमा लगानी घटाएको छ ।

विगत केहि वर्ष यता अमेरिकामा चीनको लगानी उकालो लागिरहेको भएपनि सन् २०१८को जनवरीदेखि मेसम्म केवल एक अर्ब ८० करोड डलरमात्र लगानी चीनले गरेको छ । यो सन् २०१७ को यहिं समयको तुलनामा ९२ प्रतिशतले कम हो । विगत सात वर्षकै सबैभन्दा कम लगानी पनि यहिं हो ।

चिनियाँ लगानीमा आएको यति ठूलो गिरावटलाई दुई देशबीचको कर विवादलाई नै प्रमुख कारण मानिएको छ ।

चीनसँग व्यापार घाटा चुलिदैं गएपछि राष्ट्रपति ट्रम्पले यसलाई ‘गलत अभ्यास’को संज्ञा दिएका थिए । व्यापार घाटा घटाउने मुद्धालाई ट्रम्पले आफ्नो कार्यकालको प्राथमिकतामा पनि राखेका छन् । उनी चीनका करिब ५० अर्ब डलरको उत्पादनमा कर लगाउने तयारीमा छन् । ट्रम्पको यस्तो घोषणालाई चीनले अमेरिकाको व्यापार युद्धको घोषणाको रुपमा विज्ञप्ति पनि जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL