Logo

हकप्रद र बोनस सेयरमा ‘वेटेज एभरेज’को आधारमा पूँजीगत लाभकर, समितिले रिपोर्ट बुझाउँदै

हकप्रद र बोनस सेयरमा ‘वेटेज एभरेज’को आधारमा पूँजीगत लाभकर, समितिले रिपोर्ट बुझाउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूँजीगत लाभकरको विषयमा अध्ययन गर्न गठित समितिले वेटेज एभरेज (भारित औषत)को आधारमा हकप्रद र बोनस सेयरमा लाभकर लागू गर्न सुझाव दिने भएको छ । आन्तरिक राजस्व विभागले हकप्रद र बोनस सेयरको औषत आधार मूल्य गणना गर्ने व्यवस्था परिमार्जन गर्दै त्यस्ता सेयरमा पनि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ताहरु आन्दोलित भएका थिए ।

तर, उक्त समस्या समाधान गर्न अर्थ मनत्रालयको नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति बनाएको थियो । जसमा नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी र लगानीकर्ता रहेका थिए । उक्त समितिले अबका दिन हकप्रद र बोनस सेयरमा वेटेज एभरेज कस्टको आधारमा पूँजीगत लाभकर लगाउन सुझाव तयार पारेको समितिका एक सदस्यले जानकारी दिए ।

हाल समितिले आफ्नो तर्फबाट सुझाव तयार पारिसकेको र सम्बन्धित निकायलाई बुझाउन मात्र बाँकी रहेको ती सदस्यको भनाई थियो । उक्त व्यवस्था अनुसार कुनै पनि लगानीकर्ताले बोनस वा हकप्रद सेयर प्राप्त गर्दा वेटेज एभरेजभन्दा बढिमा बिक्री गरेमा त्यसमा पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । यस अघि हकप्रद वा बोनस सेयर कुनै पनि लाभकर लाग्दैन्थ्यो भने हकप्रद र बोनस सेयर वितरण पश्चात नेपाल स्टक एक्स्चेञ्जले छुट्टै औषत आधार मूल्य तय गरिदिन्थ्यो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL