Logo

निगमको वाइडबडी जुन २७ मा नेपाल आईपुग्ने, असार भित्रै व्यवसायीक उडान

निगमको वाइडबडी जुन २७ मा नेपाल आईपुग्ने, असार भित्रै व्यवसायीक उडान



काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ‘वाइडबडी’ ल्याउने प्रक्रिया अन्तिम तयारीमा पुगेको जानकारी दिएको छ ।

निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान यही जुन २७ तारिक नेपाल आईपुग्ने भएको हो ।

निगमले ‘वाइडबडी’ लाई जेठ तेस्रो साता काठमाडौं ल्याएर असार देखी ब्यवसायिक उडान गर्ने तयारी गरेको थियो । तर ‘वाइडबडी’ भने जुन २७ तारिकमा मात्र आईपुग्ने नेपाल एयरलाईन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले बताएका छन ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार २८० सिट क्षमताको वाइडबडीे नेपाल आएको दुई देखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायीक उडान शुरु गरिने छ । साथै कम्तीमा २ महिनासम्म हाल उडान भर्दै आएका गन्तब्यमानै उडान भर्ने र त्यसपछि भने अन्यत्र उडान भर्ने श्रेष्ठले जानकारी दिए ।

निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा विमानको मुल्य करिव २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL