Logo

सुस्तायो घरजग्गा कारोबार, देशभर घट्दा किन बढ्यो पोखरा र विराटनगरमा ?

सुस्तायो घरजग्गा कारोबार, देशभर घट्दा किन बढ्यो पोखरा र विराटनगरमा ?



काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा गिरावट आएको छ । सरकारले घरजग्गा कारोबारलाई कडाई गरेसँगै घरजग्गाको रजिष्ट्रेशनमा उल्लेख्य गिरावट आउनुका साथै सो वापत सरकारले प्राप्त गर्ने राजस्वमा पनि गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार चालू आर्थिक बर्षको समीक्षा अबधिमा समग्र घर–जग्गा रजिष्ट्रेशन संख्यामा २० दशमलव ५ प्रतिशतले ह्रास आएको छ । तर गत वर्षको सोही अवधिमा सो संख्यामा ६० दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा सरकारले घर–जग्गा रजिष्ट्रेशन वापतको प्राप्त हुने राजस्व पनि गुमाएकाृ छ । सो अबधिमा राजस्व संकलनमा २१ दशमलव ५ प्रतिशतलेकमी आई ७ अर्ब ९४ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलनमा १ दशमलव १० दशमलव २ प्रतिशतले वृद्धि भएको थियो ।

यसैगरी समीक्षा अवधिमा घर/भवन नक्सा पास बृद्धिदरमा पनि गिरावट आएको छ । गत बर्षको सोही अबधिमा घर/भवन नक्सा पास ९६ दशमलव ९ प्रतिशतले बढेकोमा चालू आबको सोही अबधिमा संख्या ३६ दशमलव ६ प्रतिशतले मात्र वृद्धि भएको छ ।

देशमा सम्पन्न भएका तीन तहका निर्वाचन पश्चात् स्थानीय तहमा सरकारको अनुभूति हुने गरी संविधान प्रद्दत्त अधिकारबाट स्थानीयस्तरमा नै सरकारी सेवा सुविधा प्रवाह भई ग्रामीण इलाकाबाट मानिसहरु शहरी क्षेत्रमा आउने क्रम रोकिन गएको घरजग्गा कारोबारमा गिरावट आएको राष्ट्र बैंकको ठहर छ । साथै नेपाल राष्ट्र बैंकले आप्mनो मौद्रिक नीति तथा निर्देशनहरुबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने घरजग्गा सम्बन्धी कर्जामा कडाई गरेको र विप्रेषणको आप्रवाहमा कमी आएको कारण घरजग्गाको कारोबार संख्या र सो वापतको राजस्वमा कमी हुन गएको हो ।

समीक्षा अवधिमा घर–जग्गा रजिष्ट्रेशन संख्यालाई क्षेत्रगत रुपमा विश्लेषण गर्दा पोखरा र विराटनगर क्षेत्रमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै क्षेत्रमा ह्रास आएको छ । त्यसैगरी, घर–जग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन विराटनगर क्षेत्रमा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा घटेको छ । समीक्षा अवधिमा घर/भवन नक्शा पास संख्यालाई क्षेत्रगत रुपमा विश्लेषण गर्दा विराटनगर, नेपालगञ्ज र धनगढी क्षेत्रमा घटेको छ भने अन्य सबैक्षेत्रमा वृद्धि भएको छ ।

सरकारले प्रदेशको सदरमुकाम घोषणा गरेसँगै विराटनगर र पोखरामा भने घरजग्गा कारोबारमा केही बृद्धि आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL