Logo

साढे ७ लाख लाभग्राही मध्ये ८२९ जनाले मात्रै लिए भुकम्प पीडित कर्जा, हालसम्म डेढ अर्ब प्रबाह

साढे ७ लाख लाभग्राही मध्ये ८२९ जनाले मात्रै लिए भुकम्प पीडित कर्जा, हालसम्म डेढ अर्ब प्रबाह



काठमाडौं । सरकारले भूकम्प पीडित कर्जालाई उच्च प्राथमकितामा राखेर लगानी गर्न बैंकहरुलाई निर्देशन दिएपनि हालसम्म ८ सय २९ जनाले मात्र सो सुविधा लिएका छन् ।

भुकम्प पीडितलाई २ प्रतिशत ब्याजदरमा आवासीय कर्जा प्रदान गर्न सरकार तथा राष्ट्र बैंकले पटक पटक बैंकलाई निर्देशन दिएपनि सोही अनुरुप लगानी हुन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भुकम्प पीडितको लाभग्राही सुचीमा ७ लाख ६७ हजार घर परिवार रहेपनि हालसम्म ८ सय जनाले मात्र सो सुविधा लिएका छन् ।

राष्ट्र बैंकले भुकम्प सम्बन्धी पुर्नकर्जाको नयाँ व्यवस्था गर्दै काठमाडौंमा घर बनाउँदा २५ लाख र गाउँमा घर बनाउँदा १५ लाख रुपैयाँ २ प्रतिशत व्याजमा कर्जा प्रवाह गर्ने निर्णय गरेको थियो । तर, नियामक निकाय राष्ट्र बैंकले निर्देशन जारी गरेपनि कार्यान्वयन गर्ने बैंकहरुले त्यसलाई व्यवास्ता गरेको सम्बद्ध स्रोतको भनाइ छ ।

हालसम्म भुकम्प पीडितलाई दिने २ प्रतिशत व्याजमा बैंकले कुल १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । भुकम्प पीडितलाई दिईने कर्जामा स्प्रेड दर कम भएको र बैंकलाई पनि कर्जा लगानी गर्दा फाइदा नहुने भएका त्यस्ता कर्जा लगानीमा बैंकले चासो नदिएको समेत सम्बद्ध स्रोतको भनाई छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL