Logo

महत्वाकाङ्क्षी बजेटले फस्दै श्रीलङ्का, विदेशी ऋण तिर्नै मुस्किल

महत्वाकाङ्क्षी बजेटले फस्दै श्रीलङ्का, विदेशी ऋण तिर्नै मुस्किल



काठमाडौं । श्रीलंका हाल ऋण संकटबाट ग्रसित छ । हालै त्यहाँको अर्थ मन्त्रालयले अघिल्लो सरकारले सुरु गरेका महङ्गा परियोजनाको लागि उच्चतम ब्याजदरमा ऋण लिएको भन्दै सो ऋण हटाउनुपर्ने जानकारी दिएको छ ।

श्रीलंकाली अर्थमन्त्री मंगला समरविराले यो बर्ष भुक्तानी पूँजी र ऋणको ब्याज  दुई ८४ करोड डलर पुग्ने बताइन् । जसमा बढी भन्दा बढि पूँजी भूतपुर्व राष्ट्रपतीले सुरु गरेका परियोजनाको लागि ल्याइएको ऋण चुक्ता गर्नुपर्नेछ । आउने बर्ष ऋणको भार अझै खराब भई सन् २०१९ मा पुनर्भुक्तान ४ अर्ब २८ करोड डलर पुग्ने उनले बताइन् ।

तत्कालिन राष्ट्रपति महिन्द्रा राजापाक्षको समयमा गरिएका हरेक परियोजना सम्झौताकोे ऋणलाई त्यहाँको अर्थमन्त्रालयले खराब ऋणको उपनाम दिएको छ । केन्द्रीय बैंकका अनुसार यसै अप्रिलको अन्त्यसम्म ९ अर्ब ९ करोड डलर विदेशी सञ्चिति छ ।

समरविराका अनुसार राजापाक्षले आफ्नो १० बर्ष लामो शासनकालमा १ अर्ब ५ करोड डलर मूल्यका दुई उच्च ऋणयुक्त परियोजना सम्झौता गरेको थियो । राजापाक्ष आफूलेसम्झौता गरेको प्रायजसो परियोजनाको आर्थिक सहयोगका लागि चिनसँग पुर्ण रुपमा भर परेका थिए ।

तर धेरै परियोजनाहरु श्रीलंकाको  ८७ अर्व डलर आर्थीक खर्चमा निर्माण भए  । सन् २०१५ मा राजापाक्षलाई राष्ट्रपति पदबाट हटाइएपछि चिनले लगानी गर्न लागेको हम्बन्टोटाको बन्दरगाह पुर्ण रुपमा चिनको भरमा बन्न लागेको छ ।

राजापाक्ष्कै नाममा निर्मित एक अन्तरराष्ट्रिय विमानस्थलको राजश्वले तलब भत्ता पनि नपुग्ने भएको छ । उनको पालामा बनेको एक विमानस्थलले मात्रै अन्तरराष्ट्रिय उडान भर्छ तर त्यसलाई निजीकरण गर्न कुनै कदम चालिएको छैन ।

श्रीलंकाले उक्त ऋण संकट पश्चात तीन बर्षका लागि अन्तरराष्ट्रिय मुद्रा कोषसँग(आइएमएफ) सन् २०१६ मा १ अर्व ५० करोडको सहुलियतपुर्ण ऋणको सम्झौता गरेको थियो । आइएमएफ र केन्द्रीय बैंकको चर्काे दवाबपछि आप्mनो संघर्षशील अर्थव्यवस्थाको समस्या कम गर्न घरेलु इन्धनको मूल्य तिव्र रुपमा बढाएको छ ।

तर आइएमएफले भने घरेलु इन्धनको उत्पादनको लागतका आधारमा मूल्य समायोजन गरेमा आफु अरु ऋण पनि उपलब्ध गराउने जनाएको छ । आइएमएफले सहुलियतपुर्ण ऋणको सम्झौता गरेपश्चात अर्थव्यवस्था भने सुदृढ हुँदै गएको छ । तर २०१७ को ३ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर सोचेभन्दा कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL