Logo

३२ देशलाई ४० अर्बको बजेट, विश्वकप विजेताले कति रकम पाउँछ ?

३२ देशलाई ४० अर्बको बजेट, विश्वकप विजेताले कति रकम पाउँछ ?



विश्वकप फुटबलको पारो यति बेला विस्तारै विश्वपर उकालो चढ्दैछ । यहिं जुन १४ गतेदेखि सुरु भएर एक महिना सञ्चालन हुने विश्वकप फुटबल पारखीको सबैभन्दा धेरै प्रतिक्षाको विषय हो ।  विश्वमै सबैभन्दा चर्चित खेलको रुपमा रहेको फुटबल वास्तवमा विश्वकै प्रतिक्षा हो ।

आ आफ्नो टोलीको समर्थनसहित ‘बेटिङ’  पनि सुरु हुन थालिसकेको छ । रसियामा हुने यो विश्वकपले त्यहाँको अर्थतन्त्रमा ३० खर्र्ब रुपैयाँभन्दा बढी योगदान गर्ने अनुमान समेत गरिएको छ ।

विश्वकप विजेता हुनु आफैमा ईज्जतको विषय हो । विश्वकपमा सहभागि देशले फिफाबाट निश्चित पैसा समेत पाउँछन् । विभिन्न समुह पार गर्दै जाँदा त्यस्तो पैसा बढ्दै जान्छ ।

फिफाले गत अक्टोबर मै यस विश्वकपमा सहभागि देशका लागि खर्च गर्ने पैसा सार्वजनिक गरेको छ । फिफाका अनुसार यस वर्ष समुह चरणदेखि फाइनल सम्मका लागि कुल ४० करोड डलर छुट्याइएको छ । समुह चरणमा सहभागि हुने हरेक देशले ८० लाख डलर पाउनेछन् । समुह चरणपछि अन्तिम १६ पुग्ने हरेक देशले फेरि एक करोड २० लाख डलर पाउँछन् ।

क्वाटर फाईनलमा पुग्ने हरेक देशले एक करोड ६० लाख डलर पाउँछन् । चौथो स्थानमा रहने देशले दुई करोड २० लाख डलर पाउँछ । तेस्रो स्थानमा हुनेले दुई करोड ४० लाख र रनर अप टिमले दुई करोड २० लाख पाउँछ ।

विश्वकप विजेता टोलीले तीन करोड ८० लाख डलर अर्थात चार अर्ब रुपैयाँभन्दा बढी रकम प्राप्त गर्छ । समुह चरणबाट विजेताबन्दा सम्मको यात्रामा उक्त देशले फिफाबाट ७ करोड ४० लाख अर्थात ८ अर्ब १० करोड रुपैयाँभन्दा बढी प्राप्त गर्छ ।

फिफाले सन् २०१४ भन्दा विजेता टोलीको रकम तीस लाख डलर बढाएको हो । त्यतिबेला विजेताले ३ करोड ५० लाख डलर प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL