Logo

पक्राउ गरिएका ५० जना यातायात व्यवसायी रिहा, व्यवसायीले ल्याए सवारी संचालनमा

पक्राउ गरिएका ५० जना यातायात व्यवसायी रिहा, व्यवसायीले ल्याए सवारी संचालनमा



काठमाडौं । यातायात सिन्डिकेट विरुद्धको सरकारको कठोर नीतिलाई अमान्य भन्दै आन्दोलनमा उत्रिएका व्यवसायी लगायत पदाधिकारीहरुलाई रिहा गरिएको छ । सरकारले शुक्रबारदेखि पक्राउ गरेकामध्ये हालसम्म देशभरका ५० जना यातायात व्यवसायी र पदाधिकारीहरुलाइ रिहा गरेको प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

शुक्रबार यातायात व्यवसायीहरु सरकारले सिन्डिकेटविरुद्ध उठाएको कदमलाई अमान्य भन्दै आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलनका क्रममा उनीहरुले देशभरका सार्वजनिक सवारी साधन ठप्प पारेका थिए ।

सरकारले जनताको हितविपरीत सवारीसाधन घर ग्यारेजमा थन्क्याएको भन्दै देशभरबाट १ सय २१ जना व्यवसायी लगायत पदाधिकारीहरुलाइ पक्राउ गरी थुनामा राखेको थियो ।

यसका साथै शनिबार यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, उपाध्यक्ष लगायत ५ जना पदाधिकारीलाई पक्राउ गरेको थियो भने महासचिव सरोज सिटौलालाई शुक्रबार पक्राउ गरिएको थियो । उनीहरुले २७ गतेको आन्दोलनलाइ पनि शनिबारबाटै शुरु गर्ने उद्देश्य लिएको तथ्य खुलेपछि महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुलाइ पक्राउ गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले बिजखबरलाई जानकारी दिए ।

हालसम्म देशभरबाट पक्राउ गरिएका मध्ये ५० जना यातायात व्यवसायी लगायत पदाधिकारीहरुलाइ अबका दिन कुनै पनि बन्द हड्ताल नगर्ने कागज गराएर रिहा गरिएको प्रहरी प्रवक्ता नेउपानेले बताए । आइतबार यातायात व्यवसायीहरुले पुर्ण रुपमा सवारी साधनहरु संचालनमा ल्याएका छन ।

व्यवसायीले आइतबारदेखि आफ्ना सवारी साधनहरु पुर्ण रुपमा संचालनमा ल्याएकाले यात्रुहरुले आवतजावत गर्न कठिनाइ भोग्नु परेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL