Logo

रेलपछि चीनको अर्को ‘स्टेप’, नेपाली विद्यार्थीलाई ‘रेलवे इन्जिनियरिङ’मा छात्रवृत्ति

रेलपछि चीनको अर्को ‘स्टेप’, नेपाली विद्यार्थीलाई ‘रेलवे इन्जिनियरिङ’मा छात्रवृत्ति



काठमाडौं । नेपालमा यतीबेला रेलको चर्चा व्यापक छ । खासगरी छिमेकी देश चीन र भारतले नेपालमा रेल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आम सर्वसाधारणमा रेलको चासो पनि बढेको छ । नेपालमा कसले पहिला रेल निर्माण अघि बढाउँछ भन्ने कौतुहलता पनि उत्तिकै छ ।

यसै क्रममा चीनले नेपाली विद्यार्थीलाई रेलवे इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको छात्रवृत्ति शाखाले एक सुचना प्रकाशन गर्दै चीनले सन् २०१७/१९ का लागि  रेलवे इन्जिनियरिङको स्नातकोत्तर तहमा ६ जना विद्यार्थीको कोटा निर्धारण गरेको छ । त्यस्तै चीनले ब्रिज एण्ड टनेल इन्जिनियरिङमा ६ जना, हाइड्रोपावर इन्जिनियरिङमा ६ जना, जियोमेटिक्स इन्जिनियरिङमा ४ जना, माइनिङ इन्जिनियरिङमा ३ जना र इण्डष्ट्रियल इन्जिनियरिङमा ३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

मन्त्रालयको सुचना अनुसार ईच्छुक विद्यार्थीले यहिं बैशाख १४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL