Logo

सार्वजनिक सवारीका यात्रुको लागि खुसीको खबर, मोटर भाडा एप ल्याउँदै सरकार

सार्वजनिक सवारीका यात्रुको लागि खुसीको खबर, मोटर भाडा एप ल्याउँदै सरकार



काठमाडौं । यातायात व्यवस्था विभागले ‘मोटर भाडा’ एप संचालनमा ल्याउने भएको छ । विभागले सार्वजनिक यातायातका यात्रुहरुलाई सहजता प्रदान गर्न उक्त मोबाईल एप संचालनमा ल्याउने तयारी गरिएको जानकारी दिएको छ ।

सार्वजनिक यातायातका यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सो मोबाइल एप संचालनमा ल्याउन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए । ‘अहिले कुन रुटमा कुन गाडी चल्छ, कहाँ सम्मको भाडा कति भन्ने विषयमा अन्यौलता छ,’ उनले भने, ‘एप संचालनमा आएपछि सार्वजनिक सवारीसाधनको भाडा लगायत सम्पूर्ण जानकारी एकै ठाउँबाट पाउन सकिनेछ ।’

सो मोवाइल एपले यातायात सम्वन्धी सम्पुर्ण जानकारी दिनुका साथै यात्रुहरुलाई यात्रामा सहजताको अनुभव गराउने उनको दाबी छ । यो एपमा सार्वजनिक गाडीको भाडा कति, कुन रुटको भाडा कति लगायत सुचनाहरु हुनेछन । जसले यात्रुलाई कुनै पनि सार्वजनिक सवारीसाधनले ठग्न सक्नेछैनन् ।

उक्त एप एन्ड्रोइड फोन प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको प्लेस्टोरबाट डाउनलोड गरी सञ्चालन गर्न सक्नेछन । यसका साथै सो एपमा कुन रुटमा कुन बसहरु चल्छन, कस्को भाडा कति पर्छ, दुरीका हिसावले भाडा कति छ, कस्तो नीतिगत कुराहरु पछ्याउनु पर्छ लगायतका सुचना राखिने विभागका महानिर्देशक भट्टराइले जानकारी दिए । उनले सो एप अब चाँडै नै सञ्चालनमा ल्याउने बताए ।

सरकारले यातायात क्षेत्रका विभिन्न कार्यहरु डिजीटलाइजेसनमा लैजाने निर्णय अनुसार सार्वजनिक यात्रुको लागि यो एप संचालनमा ल्याउन लागेको हो । जसको सहयोगले यात्रुहरुलाइ भाडा लगायत यात्रामा आइपर्ने जोखिम समाधान गर्न सहयोग पुग्नेछ । सार्वजनिक यातायात सम्वन्धी सम्पुर्ण सुचना राखिने सो एपमा यात्रुले गुनासो गर्नको लागि कहाँ भन्ने, कसरी इमेल गर्ने भन्ने बारेमा पनि सुचना रहनेछ । जसले यात्रुले गर्न चाहेको गुनासो सम्वन्धित ठाउँमा पुग्न मद्धत पुग्दछ । यातायात व्यवस्था विभागले हाल यातायात क्षेत्रलाइ डिजिटलाइजेसन गर्ने उद्देश्यले स्मार्ट लाइसेन्स, इम्वोस्ड नम्वर प्लेट लगायतका प्रविधिहरु ल्याइरहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL