Logo

सन् २०१८ मा हिमाल आरोहीबाट ३५ करोड राजस्व संकलन, ६०२ जनाले लिए अनुमति

सन् २०१८ मा हिमाल आरोहीबाट ३५ करोड राजस्व संकलन, ६०२ जनाले लिए अनुमति



काठमाडौं । सरकारले सन् २०१८ मा हिमाल आरोहणका लागि पर्यटकबाट ३५ करोढ रुपैयाँ राजस्व संकलन गरेको छ । हालसम्म हिमाल चढ्नका लागि स्वीकृति लिएका पर्यटकसँग उक्त राजस्व संकलन गरिएको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागका अनुसार हालसम्म हिमाल चढ्नका लागि ६७ समुह नेपाल आईसकेका छन । कुल ७० समुह मध्ये ४ समुह नेपाली रहेका छन । हिमाल आरोहणमा रहेका ७० समुहका ६ सय २ जना मध्ये २० जना नेपाली रहेको विभागले जानकारी दिएका छ । २०१८ मा हिमाल आरोहणका लागि आउने आरोहीबाट सरकारले ३५ करोड ३६ लाख रुपैंया राजस्व संकलन गरिएको विभागका निर्देशक राम प्रसाद सापकोटाले जानकारी दिए ।
विभागले सगरमाथा आरोहणको लागि विदेशी आरोही प्रतिब्यक्ति ११ हजार अमेरिकी डलर (करिब ११ लाख रुपैंया) राजस्व लिँदै आएको छ । सगरमाथा चढने नेपालीलाई भने कम शुल्क लिँदै आएको छ । सरकारले नेपाली आरेही प्रतिब्यक्ति ७५ हजार लिने गरेको सापकोटाले बताए ।

निर्देशक सापकोटाका अनुसार हिमाल आरोहणका लागि पोल्याण्ड, रसिया, नर्वे, ब्राजील, जापान तथा अमेरिकालगायतका देशबाट आरोही नेपाल आएका छन् । बिभिन्न देशबाट आउने आरोहीले सगरमाथा लगायत मनास्लु, नोप्से, मकालु, आमा दब्लम, थोमसपिक तथा सारेबुङ लगायतका हिमाल आरोहण गर्ने अनुमति लिइसकेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL