Logo

१ बर्षमा ९४ अर्बले बढ्यो बेरुजु, भौतिक मन्त्रालयको सबैभन्दा बढि

१ बर्षमा ९४ अर्बले बढ्यो बेरुजु, भौतिक मन्त्रालयको सबैभन्दा बढि



काठमाडौं । पछिल्लो १ बर्षमा ९४ अर्ब रुपैयाँले बेरुजु बढेको छ । सरकारले बेरुजु न्युनिकरण गर्न ताकेका गरेपनि पछिल्लो समय बेरुजु रकम झन् बढ्दै गएको महालेखा परीक्षकद्वारा सार्वजनिक ५५ औं बार्षिक प्रतिवेदनले देखाएकोे छ ।

तथ्याङक अनुसार गत आबमा २६ दशमलव २० प्रतिशतले बेरुजु बढेको छ । हालसम्म आईपुग्दा बेरुजु बढेर ५ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आबमा रहेको बेरुजु ३ खर्ब ९६ अर्ब २५ करोड रुपैयाँ रहेकोमा गत आबसम्म आईपुग्दा थप ९४ अर्ब ८१ करोड रुपैयाँ बढेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ ।

सो अबधिसम्म आईपुग्दा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको छ । भौतिकको २२ दशमलव ४३ प्रतिशत बेरुजु रहँदा अर्थ मन्त्रालयको १७ दशमलव ५ प्रतिशत, संघीय मामिला तथा स्थानीय विकासको १२ प्रतिशत, शिक्षाको ११ दशमलव ३८ प्रतिशत, रक्षाको ७ प्रतिशत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL