Logo

त्यस्तो देश जहाँ इन्टरनेटको मासिक १ लाख पर्छ

त्यस्तो देश जहाँ इन्टरनेटको मासिक १ लाख पर्छ



काठमाडौं । तपाई इन्टरनेटको लागि मासिक कती तिर्नुहुन्छ ? १२ सय, १८ सय अथवा बढिमा दुई हजार ।  तर, विश्वमा एउटा यस्तो देश छ जहाँ इन्टरनेट शुल्क मासिक १ लाख तिनुपर्छ । सुन्दा पत्यार नलाग्ने यो तथ्य सत्य हो ।

पश्चिम अफ्रीकाको बुर्कीनो फासोमा इन्टरनेटको मूल्य मासिक १ लाख तिर्नुपर्दछ । हालै सार्वजनिक गरिएको एक अध्ययन अनुसार करिब १ करोड ८० लाख जनसंख्या भएको उक्त देशका नागरिकले विश्वमै सबैभन्दा महङगो इन्टरनेट शुल्क तिर्ने गरेका छन । तर अर्काे रमाइलो कुरा के भने यहाँका जम्मा १० प्रतिशत जनता इन्टरनेटको पहँुचमा छन । अध्ययनका अनुसार इण्टरनेटको खर्च  बसोबास गर्ने ठाउले पनि निर्धारण गर्छ ।

विश्वका १ सय ९६ देशका उप सहरहरुको विश्लेषण गर्दा अफ्रीकाले इन्टरनेटमा सबभन्दा धेरै खर्च गर्ने गरेको देखिन्छ । यसका साथै ३१ देशहरु इन्टरनेट ब्रोडब्याण्डमा अधिक महङ्गा देखिए । पपुवा न्यु गिनी इन्टरनेटमा दोस्रो महङगो देशमा पर्छ । यहाँका इन्टरनेट प्रयोगकर्ताले प्रतिमहिना लगभग ५० हजार खर्च गर्छन् । तर बुर्किना फासोको जस्तै यहाँ पनि जम्मा १० प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन ।

यसैगरि इन्टरनेट ब्रोडब्यान्डको सबैभन्दा कम मुल्य तिर्नुपर्ने देशमा इरान परेको छ । यहाँ मासिक जम्मा ५ सय रुपैया मात्र इन्टरनेटको शुल्क तिरे पुग्छ । जुन सामान्यतया एक कप कफिको मूल्य बराबर हो  । एक अर्काे अच्चम्मको कुरो के भने यहाँका जम्मा ४० प्रतिशत मात्र जनता इन्टरनेटको पहुंचमा छन ।

यसैगरी पुर्वी युरोपमा भने यो सस्तो छ । जसअनुसार युक्रेनमा यसकोे मुल्य जम्मा साँढे ५ सय रुपैया छ भने रसियामा एक महिनाको जम्मा १ हजार पर्छ । तर पश्चिम युरोपमा भने यसको मूल्य केहि मात्रामा बढेको पाइन्छ । जर्मनीमा यसको मूल्य महिनाको करिब ३५ सय तिर्नुपर्दछ । बेलायतमा भने यसको मूल्य जर्मनीको भन्दा धेरै महङगो छ । यहाँ इन्टरनेटको महिनाको झण्डै ४ हजार शुल्क तिर्नुपर्छ ।

पश्चिम युरोपको इटालीमा भने यसको मूल्य न्युन रहेको छ । इटालीमा इन्टरनेटका लागि मासिक ३ हजार तिरे पुग्छ । अमेरीकामा यसका प्रयोगकर्ता जर्मनीको भन्दा दोब्बर छन । जहाँ महिनाको ६ हजार ६ सय रुपैया तिर्नुपर्दछ । तर यो अरु थुप्रै देशभन्दा निकै सस्तो हो ।

पछिल्ला केहि बर्षमा इन्टरनेटको पहुँचको वृद्धि अति तिव्र रुपमा भएपनि विश्वको आधा जनसंख्या यसको पहुँचबाट बाहिर छन । यसका पनि केहि कारणहरु रहेका छन । विद्युतको कमी, पुर्वाधारको कमि लगायतका कारणलेअझैपनि विश्वका आधा जति मानीसहरु यसबाट अपरीचित छन । यसका साथै कतिपय ठाउका मानीसलाई यसको बारेमा थाहा छैन भने कतिपयको भाषामा समस्या भएका कारण पनि यसको पहुँच न्युन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL