Logo

प्रबलिकरण विशेष अभियान चलाउँदै प्राधिकरण, २५ हजार घर सूचीमा

प्रबलिकरण विशेष अभियान चलाउँदै प्राधिकरण, २५ हजार घर सूचीमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रबलीकरणका लागि बिशेष अभियान संचालन गर्ने भएको छ ।

बिशेष अभियान अन्तर्गत सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउन लागिएको प्राधिकरणले जानकारी दिए ।

प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । सुचीमा रहेका घरहरुको प्रबलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्थाहरु परियोजना सेवा संयुक्त राष्ट्रको कार्यालय (यूएनओपिएस), अन्तर्राष्ट्रिय बिकाश बिभाग (डीएफआईडी) र विल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएका हुन ।

प्राधिकरण र संस्थाबीच आगामी २ बर्ष भित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने सहमति बनेको छ । तालिमका क्रममा १ हजार भूकम्प प्रभावितको क्षतिग्रस्त घर प्रबलीकरण हुनेछन । साथै स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरहरु समेत प्रबलीकरण गरिने प्राधिकरणले जानकारी दिएको छ ।

यूएनओपिएसले प्रबलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणको आवास, वस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय र केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने प्राधिकरणले जनाएको छ ।

प्रबलीकरणलाई अघि बढाउन प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, तथा उल्लेखित संस्थाका अधिकारीहरुले प्रबलीकरणको पाठयक्रम निर्माण गरिरहेका छन् । पाठयक्रम निर्माणलाई चैत तेश्रो साता भित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी गराएका छन ।

पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारी तथा डकर्मीको तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी रहेको छ । प्रबलीकरण कार्यको शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले समन्वय र अनुगमन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL