Logo

महासंघको जिल्ला नगर उपाध्यक्षको निर्वाचन भोली, सर्वोच्चले खोल्यो बाटो

महासंघको जिल्ला नगर उपाध्यक्षको निर्वाचन भोली, सर्वोच्चले खोल्यो बाटो


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको रिक्त रहेको जिल्ला नगर उपाध्यक्षको निर्वाचन शुक्रबार (भोली) हुने भएको छ । सर्वोच्च अदालतले यस अघि निर्वाचन रोक्न परेको रिट निवेदनमाथीको अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै महासंघको जिल्ला नगर उपाध्यक्षको निर्वाचन गर्न बाटो खुला भएको हो ।

महासंघका तत्कालिन जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय निकायको निर्वाचनमा मेयर पदमा उठेसँगै महासंघले उनलाई निलम्बन गरेको थियो । उनलाई उपाध्यक्ष पदबाट हटाएसँगै हालसम्म उक्त पद रिक्त रहेको थियो ।

रिक्त रहेको उक्त पदका लागि किशोर प्रधान र निरक केसी चुनावी प्रतिस्पर्धामा रहेका छन् । जिल्ला नगर उपाध्यक्षका लागि फागुन २५ गते महासंघकै भवनमा निर्वाचन हुने महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ सदस्य चण्डीराज ढकालले जानकारी दिए । उनका अनुसार शुक्रबार साढे १० बजेदेखि निर्वाचन शुरु हुनेछ ।

भोली हुने निर्वाचनमा प्रधानलाई पूर्व अध्यक्ष ढकाललगायतको समर्थन रहेको छ भने निरक केसीलाई पूर्व अध्यक्ष प्रदिपजंग पोण्डेलगायतको समर्थन रहेको बुझिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL