Logo

बिल गेट्सलाई उछिन्दै अमेजनका सिइओ बेजोस बने विश्वकै धनी

बिल गेट्सलाई उछिन्दै अमेजनका सिइओ बेजोस बने विश्वकै धनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेजनका सिइओ जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनी बिल गेट्सलाई पछाडी पार्दै विश्वको धनाढ्य व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका हुन् । त्यसो त उनले आर्जन गरेको सम्पत्तीले पनि नयाँ रेकर्ड बनाएको छ ।

बेजोस  विश्वकै पहिलो धनाढ्य बनेका छन् जसको कुल सम्पत्ति ११२ अर्ब डलर पुगेको छ ।

फोर्बसको इतिहासमा सबैभन्दा बढी शिर्ष स्थानमा रहेका माइक्रोसफ्टका को(फाउन्डर बिल गेट्स यसपटक दोश्रो स्थानमा छन् । उनको कुल सम्पत्ती ९० अर्ब डलर रहेको छ । त्यस्तै बर्कशायर हाथवेका सिइओ वारेन बफेट तेस्रो स्थानमा रहेका हुन् ।

बफेटको सम्पत्तिमा पनि बृद्धि भइ ८४ अर्ब डलर पुगेको छ।

त्यसैगरी लुइस भिटोन र सिपोरा ब्राण्डका मालिक बर्नार्ड आर्नल्ट र उनको परिवार सूचिको चौथो नम्बरमा छन्। उनको कुल सम्पति ७५ अर्ब डलर रहेको छ।

फेसबुकका मालिक मार्क जुकरबर्ग ७१ अर्ब सम्पत्ती सहित विश्वका पाँचौं धनीका रुपमा सूचीमा छन्।

प्रतिक्रिया दिनुहोस्
MBL