Logo

अब स्मार्टफोनबाटै चल्छ कार !

अब स्मार्टफोनबाटै चल्छ कार !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हुवावे विश्वकै पहिलो कम्पनी बनेको छ, जसले आर्टिफिसियल इन्टिेलिजेन्स सुसज्जित स्मार्टफोनबाट चल्ने चालकविनाको कार चलाएको छ ।

यसले कम्पनीको ‘रोड रिडर परियोजना’ वस्तु पहिचान प्रविधिको सदुपयोग मात्र नभइ सिक्ने क्षमता, तिव्रता तथा प्रस्तुतीलाई समेत बढाएको छ । ‘हाम्रो स्मार्टफोन वस्तु पहिचान गर्न गज्जव छ ।

छोटो समयमा यसले कार चलाउने मात्र होइन कृतिम बौद्धिकता –एआइ० प्रयोग गरेर निश्चित वस्तु हेर्न तथा एभोइड गर्न सकोस भन्ने चाहना पनि हो,’ हुवावे वेष्टर्न युरोपका प्रमुख व्यापार अधिकृत एन्ड्रियु गयारिले भने ।

उनले थपे ‘यदी हाम्रो प्रविधि ५ हप्तामै बुद्धिमानी ठहरिएको छ भने अरु के चाहिन्छ यसलाई साकार बनाउन ?’

हालसम्म चालकरहित कारले सायदै अवरोध पहिचान गरेको छ । जहाँ हुवावे रोडरिडर एआइले वस्तुको हजारौ भिन्नता पत्ता लगाउछ ।

जस्तो कि यो कारले बाटोमा बिराला, कुकुर, फुटबललगायतलाई पहिचान गरि छल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL