Logo

महिला सशक्तिकरणमा भारतको नयाँ प्रयास, महिलालाई स्कुटरमा ५० प्रतिशत छुट

महिला सशक्तिकरणमा भारतको नयाँ प्रयास, महिलालाई स्कुटरमा ५० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्रमोदी आईतबार तामिलनाडुमा अम्मा दोपहिया योजनाको उद्घाटनमा पुगेका छन् । उनले भारत स्थित तमिलनाडुको पूर्व मुख्य मन्त्री स्वर्गीय जय ललिताको जन्म दिनको अवसर पारेर एआईएडीएमको सरकारले अम्मा स्कुटर योजनाको उद्घाटन गरेका हुन् ।

उक्त योजना अन्तगरतरगत कामकाजी महिलालाई स्कुटर खरिदमा लागि ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । तमिलनाडु सरकारको महत्वकाँक्षी योजना अन्तर्गत आत्म निर्भर महिलाहरुको लागि स्कुटी खरिदमा सरकारी तबरबाट ५० प्रतिशत छुट दिने भएको छ ।

भारतीय सरकारी निकायका अनुसार प्रधानमन्त्रीले तमिलनाडुको साथै अलवा दुई दिनसम्म दमन, पुडुचेरी तथा गुजरातको भ्रमण गर्ने योजना रहेको छ । मोदीले तमिलनाडुका भ्रमण पछी आईतबार पुडुचेरी पुगेर अरबिन्दो आश्रममा अरबिन्दोको शालीकमा माल्यापर्ण तथा अरबिन्दो ईन्टरनेशनल सेन्टरका विद्याथीहरुसँग भलाकुसारी गर्ने कार्यक्रम रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL