Logo

घटेन कृषिमा निर्भरता, ६७ प्रतिशत जनता अझै कृषिमा

घटेन कृषिमा निर्भरता, ६७ प्रतिशत जनता अझै कृषिमा


बिजखबर संवाददाता
0
Shares

राङडोल लामा

काठमाडौँ । नेपालको खाद्यान्न परनिर्भरता बढेपनि कृषिमा निर्भर हुने जनसंख्या भने घटेको छ्रैन । नेपालमा खाद्यान्न आयात बढेपनि नेपालीको कृषिको निर्भरता भने नघटेको उपराष्ट्रपति नन्दकिशोर पुनले बताए ।

नेपालमा अझै पनि ६७ प्रतिशत मानिसहरु कृषि पेशामा नै निर्भर रहेका छन । कृषकहरु र कृषि व्यवसायमा लागेका समुदायबीच प्रतिस्पर्धात्मक तथा तुलनात्मक लाभ हासिल गर्न, कृषि उत्पादन, मूल्य अभिबृद्धि तथा बजार व्यवस्थापन जस्ता कार्यहरुलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

नेपालको उच्च पहाडी क्षेत्रमा बाली, पशुपालन, जडीबुटी उत्पादनको प्रचुर सम्भाबना रहेको छ । यो सम्भाबनालाई उपभोग गर्ने हो भने आय स्तरमा बृद्धि गरी जिवीकोपार्जनमा सुधार हुने सम्बद्ध सरोकारवालाहरुको भनाइ थियो । आधुनिक प्रविधि र उत्पादनलाई उपयोग तथा निजी क्षेत्रको समेत अगुवाईमा बजारमुखी कार्यक्रमहरु ल्याउन जोड दिन सके आय आर्जन बढाउन सहयोग पुग्ने पुनको भनाइ थियो ।

त्यसो त पहाडी जिल्लाका बासिन्दाहरुको आय आर्जनमा बृद्धि ल्याउन सन् २०११ बाट उच्च पहाड कृषि व्यवसाय तथा जिवीकोपार्जन सुधार (हिमाली) आयोजना सञ्चालनमा रहेको छ । आयोजनाको प्रभाबकारी कार्यन्वयनबाट हिमाली भेगमा कृषि जन्य व्यवसायको बिकास तथा व्यवसायीलाई लाभ हुने आयोजकको अपेक्षा रहेको छ । यस आयोजना मार्फत हाल ६ सय ४० वटा आयोजनाहरु संचालनमा रहेका छन ।

कृषि व्यवसाय विकास अनुदानका लागि सम्झौता भई कार्यन्वयनमा रहेका ६ सय ४० उप आयोजनामा आयोजनाको ८३ करोड ९१ लाख रुपैयाँ लगानी रहेको छ । उक्त उप आयोजनाहरुबाट २०१७ डिसेम्बर ३० सम्ममा व्यवसायीहरुले ६६ करोड ५६ लाख आम्दानी गरिसकेका छन् भने ७ हजार ९ सय १८ जनालाई रोजगारी समेत प्रदान गरेको कृषि उद्यम केन्द्रका टोली प्रमुख राममणी पौडेलले बताए । अहिलेसम्म आयोजना र व्यवसायीहरुको १ अर्ब १४ करोड रुपैयाँ कृषि व्यवसायमा लगानी भई ६६ करोड ६१ लाख रुपैयाँ बराबरको कृषि बस्तु उत्पादन भएको छ । तथ्याङ्क अनुसार प्रति व्यवसाय १२ जनाले रोजगारी पाएका छन् ।

मनाङको नेस्याङ १ मा रहेको एग्रो मनाङ प्रालिले हिमाली आयोजनाको सहयोगमा ७ सय रोपनी जग्गामा स्याउको खेती सुरु गरेको थियो । उक्त फामबाट दोश्रो बर्षमा नै १ सय ३० मेट्रिक टन स्याउ उत्पादन गरेको छ । एग्रो मनाङले सन् २०२१ सम्ममा २१ सय मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका प्रमुख महेन्द्र घलेले जानकारी दिए । बागबाणी बिकास केन्द्र सोलुखुम्बुमा पनि प्रालिले एक रोपनी जग्गामा स्याउ खेतीको सफल परिक्षण गरेको बताए ।

नार्कसँगको सहकार्यमा रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चे रसुवामा श्रोत केन्द्र स्थापना गरेको घलेले बताए । कृषि व्यवसाय विकास अनुदान उपलब्ध गराईएका पशुपन्छी पालन तथा प्रशोधनतर्फ ३ सय ४८, जडिबुटी तथा काष्ठ बन पैदावार तर्फका ९७, तरकारी तथा मसलाबाली तर्फ ८२, फलफूलसँग सम्बन्धित ८१ र अन्य क्षेत्रमा ३२ गरी ६ सय ४० उप आयोजना संचालनमा रहेका छन् । ती आयोजनाबाट हालसम्म ६६ करोड ५९ लाख आम्दानी लिई सकेको बताए । यी आयोजनाहरु बाट ७ हजार ९ सय १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।

आयोजनाको संचालनमा रहेको दोलखामा चौरीको चीज, छुर्पी, नौनी, ध्यू लक्ष्य अनुरुप उत्पादन गर्न नसकेको ङावा शेर्पाले बताए । ‘जिल्लामा जम्मा ६ महिना आयोजना चल्छ,’ उनले भने, ‘त्यसैको भरमा बर्षभरी चल्नुपर्छ चल्छ तेही छ महिना चलेको भरमा गुजारा चलाउनु पर्छ शेर्पाले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL