Logo

एनालग च्यानल बन्द गर्न सर्वोच्चले खोल्यो बाटो, अब डिजिटल मात्रै चल्ने

एनालग च्यानल बन्द गर्न सर्वोच्चले खोल्यो बाटो, अब डिजिटल मात्रै चल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले एनागल प्रविधिको टीभीलाई बन्द गर्न बाटो खुला गरिदिएको छ । सर्वोच्चले यस अघि तत्कालका लागि एनालग टीभी बन्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर सर्वोच्चका न्यायाधीसद्वय चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछी एनालग टीभीलाई पूर्ण रुपमा बन्द गरी डिजिटल केवल टीभी संचालनको लागि बाटो खुलेको हो ।

सूचना तथा संचार मन्त्रालयले बैशाख १५ देखि नै एनालग टिभी नचल्ने भनेको थियो ।  बैशाखमा लागु नभएपछी मंसिर १ गतेदेखि नै पुरानो प्रविधिको एनालग टीभी पूर्ण रुपमा बन्द गरी डिजिटलमा लैजाने निर्णय गरेको थियो । तर, सर्वोच्चले त्यसलाई तत्कालका लागि कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश जारी गरेसँगै रोकिएको थियो ।

तर, हिजो भएको इजलासले डिजिटल प्रविधि ल्याउने विषयमा सरकारले जनतलाई पटक–पटक सुचित गराइसकेको हुनाले तत्काल निर्णय रोक्न नपर्ने आदेश दिएको छ । यससँगै सरकारलाई पुरानो प्रविधिको एनालग टीभीलाई पूर्ण रुपमा विस्थापित गरी डिजिटल टीभी कार्यान्वयनमा ल्याउने बाटो खुलेको छ ।

यस अघि सर्वोच्चको अन्तरिम आदेशले गर्दा रोकिएकोमा अब पूर्ण रुपमा एनालग टीभी बन्द गरी डिजिटल टीभी कार्यान्वनमा ल्याइने सुचना तथा संचार मन्त्रालयलका प्रवक्ता रामचन्द्र ढकालले बताए । ‘हामीले यस अघि पनि डिजिटल टीभीमात्र चलाउन निर्णय गरी एनालग बन्द गरेका थियौं,’ उनले भने, ‘अब सर्वोच्चले पनि बाटो खुला गरिदिएको छ यसलाई तत्काललाई कार्यान्वयनमा ल्याई एनालग टीभी पूर्ण रुपमा बन्द गर्नेछौं ।’ अब केही समयमै डिजिटल सेटअप बक्स बाहेक टीभी नचल्ने व्यवस्थ लागु गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL