Logo

सेयर बजारमा बढ्यो चलखेल, फस्दै साना लगानीकर्ता

सेयर बजारमा बढ्यो चलखेल, फस्दै साना लगानीकर्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नयाँ सरकार गठनसँगै उकालो लागेको सेयर बजार आइतबार बजार खुल्दा पनि सोही अनुरुप अघि बढेको थियो । आइतबार बजार खुलेको १५ मिनेटमै झण्डै २० अंकले बढेको थियो तर, त्यो उचाई केही समय पनि टिक्न सकेन ।

आइतबार बजारमा १५/१५ मिनेटकोबीचमा ठूलो चलखेल भयो । १५ मिनेटमै करिब २० अंकले बढेको बजार त्यसको १५ मिनेटमा घट्न पुग्यो । बजार खुलेको केही समय लगानीकर्ताले चलखल गरेपनि त्यसालाई लामो समय टिकाउन सकेनन् । पौने १२ बजेबाट पुनः बढ्न शुरु भएको नेप्से परिसुचक साढे १२ बजेसम्ममा दोहोरो अंकको बृद्धि देखिएको थियो ।

तर, बजारमा केही लगानीकर्ताले चलखेल गरेर समय समयमा बढाउने तथा घटाउने गरेर साना लगानीकर्ताहरुमा भ्रम सिर्जना गर्ने काम गरेको एक लगानीकर्ताको भनाई थियो । ‘अहिले केही लगानीकर्ताले तत्कालका लागि बजार बढाएर साना लगानीकर्ता छिराउने र पुनः घटाएर किन्ने दाउनमा बसेका छन्,’ उनले भने, ‘जसको प्रतिविम्ब आजको बजारले गर्दछ ।’

बजार खुलेको केही समयमा नै करिब २० अंकले बढेको नेप्से परिसुचक बन्द हुँदा ११ अंकको गिरावट आएको छ । शुरुवाती चरणमा बजारमा सबै समुहका परिसुचकमा हरियाली छाएपनि बन्द हुँदा उत्पादनमुलक बाहेक अन्य समुहको परिसुचकमा टिक्न सकेन ।

बजारमा बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय ७ दशमलब ४८ अंकले ओरालो लागेको छ भने विकास बैंक र माइक्रोफाइनान्स समुहको परिसुचक पनि उच्च रुपमा ओरालो लागेका छन् । यसैगरी जलविद्युत र होटल समुहका परिसुचकमा पनि सोही अनुरुप गिरावट आएको छ ।

बजारमा दिनभर ५९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५९ कम्पनीको १४ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । आइतबार बैंकिङ समुहका कम्पनीको कारोबार बढी भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL