Logo

विदेशी लगानीमा उछाल, ६ महिनामै गत बर्षभन्दा बढी भित्रियो

विदेशी लगानीमा उछाल, ६ महिनामै गत बर्षभन्दा बढी भित्रियो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । चालु आर्थिक बर्षकोे ६ महिनासम्म देशमा प्रत्यक्ष विदेशी लगानी भित्रिने क्रम उकालो लागेको छ । तरल राजनीतिक अवस्था र भूकम्पजस्ता प्राकृतिक विपतका कारण प्रभावित लगानी वातावरणमा क्रमिक सुधार आउँदै गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आवको अर्धबार्षिक आर्थिक अवस्था सम्बन्धि प्रतिवेदनले पनि लगानीको वातावरण सकारात्मक बन्दै गएको देखाउँछ । तथ्याङ्क अनुसार नेपालले यस अवधिसम्म गत आर्थिक बर्षभर प्राप्त गरेको विदेशी लगानीभन्दा पनि बढी लगानी प्राप्त गरेको छ ।

गत आवभर देशमा १३ अर्ब ५० करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको थियो । तर चालु आवको ६ महिनामै यस्तो लगानी १४ अर्ब ३३ करोड रुपैयाँ पुगिसकेको छ ।

तथ्याङ्क अनुसार गत आवको ६ महिनामा नेपालले ७ अर्ब ३९ करोड रुपैयाँ लगानी प्राप्त गरेको थियो । गत आवको समिक्षा अवधिसँग तुलना गर्दा चालु आवमा विदेशी लगानी ९३.९ प्रतिशतले बढेको देखिन्छ । विदेशी लगानी आर्थिक बर्ष २०७२÷७३ मा ५ अर्ब ९२ करोड रुपैयाँ मात्र थियो । सोही आवको ६ महिनामा नेपालले एक अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी बापत प्राप्त गरेको थियो ।

विदेशी लगानीको प्रतिबद्धता अनुसार कार्यान्वयन नहुँदा वास्तविक लगानीको हिस्सा निकै कम मात्र रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL