Logo

म्यानको बेस्ट म्यानेजर अफ दि इयर अवार्ड’ ढकाललाई, टेलिकमकी राजभण्डारीले पाईन आउटस्टाण्डिङ अवार्ड

म्यानको बेस्ट म्यानेजर अफ दि इयर अवार्ड’ ढकाललाई, टेलिकमकी राजभण्डारीले पाईन आउटस्टाण्डिङ अवार्ड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट विश्वास ढकाललाई प्रदान गरिएको छ । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले हरेक वर्ष प्रदान गर्दै आएको सो अवार्ड यसवर्ष ढकाललाई प्रदान गरिएको हो ।

एफवान सफ्टले मोवाइल बैंकिङ सेवा, इन्टरनेट कार्ड म्यानेजमेन्ट सिस्टम, डिजिटल वालेट र अनलाइन पेमेन्ट गेटवे इसेवामार्फत वित्तीय सेवा दिंदै आएको छ । एफवान सफ्टले गत आवमा पनि एम्पोसमार्फत नेपाल टेलिकमका सबैभन्दा बढी सेवा समेत बिक्री गरेको थियो ।

यसैगरी म्यानले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई आउटस्टाण्डिङ म्यानेजर अवार्ड प्रदान गरेको छ । म्यानले आईतबार आफ्नो ३७ औं बार्षिककोत्सवको अवसरमा उक्त अवार्ड प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL