Logo

भारतमा उत्तर कोरिया भन्दा बढी भोकमरी, नेपाल निकै पछाडी

भारतमा उत्तर कोरिया भन्दा बढी भोकमरी, नेपाल निकै पछाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खाद्यन्न उत्पादन धेरै गर्ने विश्वकै दोश्रो नम्बरमा पर्ने भारतमा भोका तथा गरीब जनता धेरै छ भन्दा अचम्म लाग्छ । तर हालै सार्वजनिक ग्लोेवल हंगर इन्डेक्सका अनुसार भारतीय नागरिक कोरियन भन्दा गरीब छन् ।

वासिङटनमा रहेको इन्टरनेशनल फुड पोलीसी रिसर्च इष्टिच्युटले सो रिपोर्ट सार्वजनिक गरेको हो । १ सय १९ ओटा मुलुकमध्ये भारत १ सयऔं नम्बरमा परेको छ । त्यसो त अघिल्लो बर्ष १ सय १८ ओटामध्ये ९७ नम्बरमा परेको थियो ।

यस बर्ष गत बर्षको तुलनामा सुधार आएको देखिन्छ । ग्लोेवल हंगर इन्डेक्सले विशेषगरी कुपोषण, बाल मृत्युदर, बाल बबाँदी तथा शारिरिक विकाश नहुनु गरी चारओटा समस्याका आधारमा भोकमरीको सूची सार्वजनिक गरेको हो ।

जसअनुसार २० देखि ३४ दशमलब ९ अंकलाई गम्भीर रुपमा लिइएको छ । ३५ देखि ४९ दशमलब ९ खतरनाक र त्यो भन्दा माथिको अति खतरनाक मानिएको छ ।

जसमा नेपाल ७२ औं नम्बरमा परेको छ । जुन एशियाली देशहरुमध्ये चौथो नम्बरमा पर्छ । २०१७ मा एशियाली मुलुकमा पाकिस्तान र अफगानस्तान मात्र भारतभन्दा बढी भोकाहरु रहेको देखिन्छ । भारतले भोकमरी हटाउन विभिन्न योजनाहरु सञ्चालनमा ल्याइरहेका छन् ।

एशियाकै तेस्रो ठूलो अर्थतन्त्र मुलुक भारतले तीव्र प्रगतीको बाबजुत पनि उच्च गरिबी दर तथा धनको असमान वितरणले पौष्टिक भोजन विना नै कयौं जनतालाई छोडिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL