Logo

६ महिनामा विदेशीए ३ लाख नेपाली कामदार, पुसमा सबैभन्दा न्युन

६ महिनामा विदेशीए ३ लाख नेपाली कामदार, पुसमा सबैभन्दा न्युन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ६ महिनमा ३ लाख नेपाली कामदार वैदेशिक रोजगारीमा पुगका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सो अबधिमा ३ लाख १० हजार ४ सय २९ जना नेपाली कामदार रोजगारीका लागि विदेश पलायन भएका छन् ।

विभागको तथ्याङक अनुसार संस्थागत श्रम स्वीकृति, व्यक्तिगत श्रम स्वीकृति र वैधानिकिकरणमार्फत ३ लाखभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा पुगेका हुन् ।

तथ्यांक अनुसार चालू आबको पुस महिनामा भने सबैभन्दा कम कामदार वैदेशिक रोजगारीका लागि गएका छन् । भदौंमा सबैभदा बढी ३१ हजार नेपाली कामदार संस्थागत रुपमा श्रम स्वीकृति लिएका गएकोमा पुसमा २७ हजार ९ सय जनामात्र गएका छन् ।

पुस महिनामा पुनः श्रम स्वीकृति लिएर २४ हजार ९ सय ४४ जना वैदेशिक रोजगारीमा पुगेका छन् भने बैधानिकिकरण गरेर १ हजार ८ सय ८४ तथा नयाँ श्रम स्वीकृति लिने ६ सय ११ जना नेपाली कामदार रोजगारीमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL