Logo

रुसको महत्वाकांक्षी योजना, यसरी जोडिदैछ रेलमार्गबाट लण्डन -टोकियो

रुसको महत्वाकांक्षी योजना, यसरी जोडिदैछ रेलमार्गबाट लण्डन -टोकियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रुस सरकारको एक महत्वाकांक्षी प्रस्तावमा अब लण्डन- टोकियो  ट्रान्स साइवेरियन रेलवेमार्फत जोडिने भएको छ ।

जसबाट यात्रुहरुले ८ हजार ४ सय माइल दुरी  रेलवेबाट लण्डनदेखि टोकियोको यात्रा गर्न सक्नेछन् ।

उक्त प्रस्ताव अनुसार पूर्वी समुन्द्रलाई पार गर्न २८ माइलको समुन्द्री पुल हाल निर्माणाधिन अवस्थामा छ । लण्डनबाट सुरु हुने उक्त रेलको यात्रा रुसको मध्यभाग हुदै जापानको वक्कानाइ सम्म पुग्नेछ ।

दोस्रो विश्वयुद्ध पछि सल्टिएको शत्रुता पश्चात सन्धि सम्झौतामा पुग्न नसकेका मस्को र टोकियोलाई यस रेलमार्गले जोड्ने भएकाले यो रेलवेलाइ ऐतिहासिक पुल नाम दिइएको छ ।

त्यसो त रेलको यात्रा टोपोग्राफिक रुपमा पनि उत्तिकै महत्वपुर्ण हुनेछ । । यो यात्रा पूर्वी युरोप प्रवेश गर्नुपूर्व जर्मनी र पोल्यान्ड हुुंदै जानेछ । प्रस्तावित पुलसम्म पुग्नपूर्व यात्रुहरुले साइवेरीयन पहाड पनि पार गर्नु पर्नेछ ।

रुसको पुर्वी भागमा लगानी बढाउने उद्देश्यले रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले जापानीज अधिकारीसँग गम्भिर कुराकानीको सुरुवात योजना बनाएको रिपोर्टमा उल्लेख छ ।

रुसका पर्यावरर्णीय सहायता अध्यक्ष सर्जियो इभानोभले उक्त रेलवेले दोस्रो विश्वयुद्धताका जापानको अर्ध नियन्त्रणमा रहेको सबैभन्दा ठुलो टापु रुसको सखालिनसँगको सम्बन्ध लामो समयदेखिको सपना रहेको र अब देशमा तेल तथा ग्याँस उत्पादनमा फाइदा पुग्ने बताए ।

उप प्रधान इगोर सुभालाभले जापानी साझेदारसँग हाक्काइडो देखि सखालिनको दक्षीणी भेगसम्म सडक मिश्रीत रेलवे निमार्णका लागि आग्रह गरेको बताएको साइवेरीयन टाइम्सको रिपोर्टमा उल्लेख छ ।

उक्त योजना रुसको पूर्वी आर्थिक मञ्चले खुलासा गरेको छ । हाल यात्रुहरु वेइजिङबाट ट्रान्स साइवेरीयन रेलका माध्यमबाट मंगोलिया हुंदै मस्को जान सक्नेछन । जसलाइ रुसको राजधानी पुग्न १५ दिन लाग्नेछ । एजेन्सि/

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL