Logo

३० करोड लगानीमा मनाङको तेस्रो हेलिकप्टर, माघ अन्तिममा नेपाल आइपुग्ने

३० करोड लगानीमा मनाङको तेस्रो हेलिकप्टर, माघ अन्तिममा नेपाल आइपुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मनाङ एयर नयाँ हेलिकोप्टर भित्र्याउने तयारी गरेको छ । हाल हेलिकप्टर तयारी अवस्थामा रहेको र सरकारी स्तरबाट पनि सबै कागजी प्रक्रिया पुरा गरिसकेकाले माघ महिनामा नयाँ हेलिकप्टर ल्याउने तयारी गरिएको मनाङ एयरका निर्देशक राजेन्द्र मल्लले जानकारी दिए ।

हाल मनाङ एयरले दुई वटा हेलिकप्टरमा मार्फत सेवा दिँदै आएको छ । नयाँ हेलिकप्टर आएसँगै तीन वटा हुनेछ । ‘मनाङले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसको (३५० बी ३ ई) हेलिकोप्टर ल्याउन लागेको हो,’ उनले भने, ‘हाल उक्त हेलिकप्टर सिंगापुरमा तयारी अवस्थामा रहेकाले लिनका लागि यही फेब्रअरी ७ तारिखमा जादैछौं ।’

मनाङले सो हेलिकप्टर करिब ३० करोड रुपैयाँमा खरिद गरेको हो । सिंगापुरबाट मलेसिया, वर्मा, ढाका हुँदै नेपाल ल्याइने भएको छ । मनाङ एयरले सो हेलिकप्टर उडानका लागि समेत अनुमति पाइसकेको छ । हेलिकप्टरमा एक पाइलट सहित छ जनाको सिट रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL