Logo

बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकको सहयोग

बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकको सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुद्धिष्ट सर्किट पर्यटनमा विश्व बैंकले सहयोग गर्ने भएको छ । विश्व बैंकले मंगलबार नयाँ दिल्लीस्थित कार्यालयमा आयोजित कार्यक्रमा नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदाहरुलाई एकिकृत बुद्धिष्ट सर्किट्स गन्तब्यका रुपमा विकास र प्रबद्र्धन गर्न सहयोग गर्ने बताएको हो ।

कार्यक्रममा विश्व बैंक दक्षिण एसियाको लागि संस्कृतिक सम्पदा तथा सहभागितामुलक पर्यटन विकासको बरिष्ठ विकास योजनाकार स्टेफेनी अबकेर्लीले विश्व बैंकले बुद्धिष्ट सर्किट्समा क्रियाशील निजी क्षेत्र र सरकारी संयन्त्रबीच सहजकर्ताको भूमिका खेल्ने बताईन् ।

नेपाल र भारतका बौद्ध सम्पदाहरु जोडी सीमापार बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबर्द्धन गर्दै आएका बिक्रम पाँडेकाजीले बुद्धिष्ट सर्किट्स पर्यटन मार्गमा उपलब्ध सुविधाहरुका साथै अफ्ठ्याराहरु बारे सहभागी सबैलाई अवगत गराए ।

विश्व बैंकलाई सरकार र बुद्धिष्ट सर्किट्समा आबद्ध ब्यबसायीबीच एउटा सेतुको रुपमा काम गरी त्यहाँ रहेका अफ्ठ्याराहरु समाधान गर्दै बुद्धको जीबनसँग आबद्ध ऐतिहासिक धरोहरहरुमा पर्यटकहरुको आवागमन सहज बनाउन आबश्यक भूमिका खेलिदिन उनले आग्रह गरे ।
भारतका सरोकारवालाहरुले आफ्नो देशका बौद्ध सम्पदाहरुमा पर्यटकीय गतिबिधि संचालन गर्दा आइपरेका अफ्ठ्याराहरु बारे बैठकलाइ जानकारी गराए । बुद्धिष्ट सर्किट्स पर्यटन गतिबिधि प्रति भारत सरकारको रवैया सन्तोषजनक नभएको भन्दै उनीहरुले यस क्षेत्रमा पर्यटनको दिगो विकास गर्न भारत सरकारको रबैया परिबर्तन हुनुपर्ने बताए ।

भारतको बिहार स्थित नालन्दा विश्वबिद्यालयका प्राध्यापक डा. रबिन्द्र पन्थले बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबद्र्धन र बिकासमा भारत सरकारबाट पाइराखेको सहयोग अपर्याप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL