Logo

सरकारको प्राथमिकतामा नपर्दा खस्कियो निर्यात

सरकारको प्राथमिकतामा नपर्दा खस्कियो निर्यात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालबाट हुने वस्तुको निर्यात खस्किएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले गत आर्थिक बर्षको पाँच महिनाको तुलनामा चालू आबको सोही अबधिमा वस्तु निर्यातमा गिरावट आएको देखाएको हो ।

चालू आबको पहिलो ५ महिनामा कूल वस्तु निर्यातमा १० प्रतिशतले बृद्धि भएको छ । जबकि गत आवको सो अवधिमा नेपालबाट वस्तु निर्यात १७ प्रतिशतले बढेको थियो ।

आर्थिक बर्ष २०७४/७५ को ५ महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भई ३३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

नेपालमा निर्यातजन्य उद्योगलाई प्रोत्साहन तथा अनुदानको व्यवस्था नभएकोले निर्यात घटेको नेपाल उद्योग बाणिज्य महासंघ निर्यात समितिका पूर्व सभापती अनुपबहादुर मल्लले जानकारी दिए । ‘सरकारको प्राथमिकतामा नपर्दा निर्यात खस्किन पुगेको हो,’ उनले भने, ‘निर्यात बढाएर के हुन्छ र भन्ने सोचाइ सरकारको छ, अनि कसरी बढ् निर्यात ?’

निर्यातमुलक उद्योगका लागि केही सहुलियत वा अनुदान नभए निर्यात अझ खस्कने उनको दाबी छ । ‘अन्य देशमा निर्यातमुलक उद्योगलाई प्राथमिकतामा राखेको छ,’ उनले गुनासो गरे ‘हाम्रो मात्र एउटा यस्तो देश हो जहाँ सरकारको नै निर्यात बढाउनुपर्छ भन्ने भावना छैन ।’

त्यस्तै अन्तरराष्ट्रिय बजारमा हाम्रो सामानको मूल्य बढी भएकोले निर्यात घटेको उनले जानकारी दिए । नेपालमा उत्पादन हुने वस्तुहरु भारतीयले कपी गरेर सस्तो मूल्यमा बेच्ने गरेका छन् ।

सरकारले सहुलियत दिएको अवस्थामा वस्तुको मूल्य कम हुने तथा विदेशी बजारमा अन्य उत्पादनसँग प्रतिशपर्धा गर्न सक्ने दाबी उनको छ ।

निर्यात भन्ने वित्तिकै रोजगारी सृजना र विदेशी रकम आर्जन भन्ने हुन्छ । यसलाई बढाउन सकेको अवस्थामा देशको आय बढ्ने उनले जानकारी दिए ।

हाल सरकारले निर्यातमा २ प्रतिशत अनुदानको व्यवस्था गरेपनि त्यही व्यवसायीले लिन नसकेको गुनासो उनको छ ।

समीक्षा अवधिमा भारततर्फ ५ दशमलव ५ प्रतिशत, चीनतर्फ ७८ दशमलव ४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL