Logo

युट्युबबाट कमाउने रहर छ?, अब एक हजार ‘सब्सक्राइबर’ हुनैपर्ने

युट्युबबाट कमाउने रहर छ?, अब एक हजार ‘सब्सक्राइबर’ हुनैपर्ने


बिजखबर संवाददाता
0
Shares

भिडियो कण्टेण्टमा सुधार ल्याउने तथा विज्ञापनकर्ताको बारम्बारको गुनासोलाई सम्बोधन गर्न गुगलले आफ्नो भिडियो साइट युट्युबमा व्यापक परिवर्तन ल्याउने तयारी गरेको छ । यो परिवर्तन युट्युब प्रयोगमा आएपछिको सबैभन्दा ठूलो परिवर्तन पनि हुनेछ ।

युट्युबले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा आम्दानी गर्न सक्ने भिडियोको हकमा थप कडाई गरिने तथा चर्चित भिडियोमा नयाँ किसिमको प्रक्रिया लागु गर्ने उल्लेख गरेको छ । गत मार्चदेखि हिंसात्मक र जातिय विभेदका भिडियोमा पनि विज्ञापन देखिन थालेपछि युट्युबले खराब प्रतिक्रिया खेप्दै आएको थियो ।

गत अप्रिलमा जब विज्ञापन ‘बाइकट’ गर्न सकिने सुविधा युट्युबले थप गर्यो, त्यसपछि कम्पनीले आम्दानीका लागि कम्तिमा दश हजार पटक भिडियो हेरिनुपर्ने ‘क्याप’ लागु गर्यो । अब भने गुगलले न्युनतम एक हजार सब्सक्राइबर र चार हजार पटक हेरिएको भिडियोको लागि मात्र विज्ञापन खुला गर्ने भएको छ । खासगरी खराब भिडियोलाई निरुत्साहित गर्न यस्तो क्याप लागु गर्न लागिएको गुगलको दाबी छ ।

‘यस्तो थे्रसहोल्डले युट्युब च्यानलले हाम्रो मापदण्ड र नीति लागु गरेको छ वा छैन भन्ने जानकारी दिन्छ । गत महिनादेखि हामी अझ उच्च मापदण्ड आवश्यक छ भन्नेमा स्पष्ट छौं’ युट्युब प्रमुख व्यापार अधिकृत रोबर्ट काइन्सल र निल मोहनले आफ्नो संयुक्त ब्लगमा लेखेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL