Logo

टेलिकमको ल्याण्डलाइन टेलिफोन काउन्टर बिहीबारसम्म बन्द !

टेलिकमको ल्याण्डलाइन टेलिफोन काउन्टर बिहीबारसम्म बन्द !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमका ल्याण्डलाइन टेलिफोनको काउन्टर बिहीबारसम्म बन्द हुने भएका छन् ।

कम्पनीको ल्याण्डलाइन (पिएसटीएन) टेलिफोनको विद्यमान विलिङ सिस्टमलाई माघ ३ गते बाट सिआरबिटी र सिएस सिस्टममा माइग्रेसन गर्ने कार्य भइरहेकोले काउन्टर बन्द गरिएको टेलिकमले जानकारी दिएको छ ।

‘माघ १ गतेदेखि ४ गतेसम्म टेलिकमका सम्पूर्ण काउन्टरबाट ल्याण्डलाइन टेलिफोन सम्बन्धी महशुल भुक्तानी, नयाँ डिजाइन,नामसारी, ठाउँसारीलगायत सम्पूर्ण कार्यहरु बन्द रहने छन’ टेलिकमछारा जारी सूचनामा उल्लेख छ ।

साथै माघ १ देखि ३ गतेसम्म सम्पूर्ण बैंक तथा रिचार्ज कार्ड, एमपोसबाट हुने टेलिफोन महशुल भुक्तानी सम्बन्धी कार्य बन्द रहने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL