Logo

सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति, आन्दोलनको चेतावनी

सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति, आन्दोलनको चेतावनी


बिजखबर संवाददाता
0
Shares

इटहरी । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडको तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सिमेन्ट तथा रडको मूल्य अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।

हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो चेतावनी दिएका थिए । विगत १३ दिनको अवधिमा सिमेन्ट र फलामको रड उत्पादक उद्योगीले दैनिकजसो सिमेन्ट र फलामे रडको अप्राकृतिक रुपमा मूल्य बढाएर आम उपभोक्तामाथि चरम अन्याय गर्दै आएकाले अब इटहरीमात्र होइन देशभर नै त्यसविरुद्ध आन्दोलन चर्काउने उनीहरुले भनेका छन् ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ, इटहरीका प्रथम उपाध्यक्ष शैलेश विष्टले सर्वसाधारण नेपाली उपभोक्ताको हित विपरीत यो १३ दिनको अवधिमा कम्तीमा रु १५० देखि २०० सम्म मूल्य बढेकोमा आपत्ती जनाए । यो विषयमा तत्काल सरकार वा उद्योगीले मूल्य नघटाएको खण्डमा अधिराज्यभर आन्दोलन थालिने पनि व्यवसायी एवं व्यापारीले चेतावनी दिएका छन् ।

सिमेन्ट र फलामे रडको मूल्य अस्वभाविक रुपमा उठाउने गरिएको र मूल्य बढाउनु पर्ने कुनै कारण नै नरहेको अवस्थामा नेपाली उपभोक्तालाई उठ्नै नसक्ने गरी मूल्य बढाउने कार्य भई रहँदा पनि राज्यको निकायले चासो नराख्नु आपत्तिको विषय भएको पनि व्यवसायीहरुको गुनासो छ ।
हार्डवेयर व्यवसायी नेता भोला निरौलाले नेपालमा राज्य विहीनताको अवस्था सिर्जना गरिएको र भारतमा उत्पादन भएका सिमेन्ट र रडको मूल्य अहिले नेपाली बजारमा भारतको बजारको तुलनामा झण्डै शतप्रतिशत मूल्य बढाएर बिक्री वितरण गर्नुपर्ने अवस्था आएको र नेपाली बजार शुन्यको अवस्थामा पुगेको जानकारी दिए । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL