Logo

नेपालका २ सय ५२ उद्योगमा १ खर्ब ५१ अर्ब वैदेशिक लगानी

नेपालका २ सय ५२ उद्योगमा १ खर्ब ५१ अर्ब वैदेशिक लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालमा हालसम्म साढे १ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिए । नेपालका विभिन्न उद्योगमा २०१६ को अन्त्यसम्मका कुल १ खर्ब ५१ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

‘नेपालका वैदेशिक लगानीका कुल २ सय ५२ उद्योग संचालनमा छन्,’ नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित औद्योगिक विकास र निर्यात प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘ती उद्योगमा पटक–पटक गरी सो बराबरको वैदेशिक लगानी आएको हो ।’
नेपालमा भित्रिएको वैदेशिक लगानीका उद्योगहरुमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रका रहेका छन् । सो क्षेत्रका कुल ३७ वटा उद्योगमा वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी निर्यात क्षेत्रका ११ वटा उद्योगमा वैदेशिक लगानी भित्रिएको समेत उनले जानकारी दिए ।

नेपालमा संचालित वैदेशिक लगानीका उद्योगहरुमा उत्पादनमुलक क्षेत्रका बढी भएपनि पछिल्लो समय जलविद्युत क्षेत्रमा बढी लगानी भित्रिएको छ । गत आर्थिक बर्षमा नेपालमा वैदेशिक लगानीको प्रतिवद्धता आएकोमध्ये ४० प्रतिशतभन्दा बढी हिस्सा जलविद्युत क्षेत्रमा रहेको थियो । तर, नेपालमा खर्बौ रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएपनि सोही अनुरुप कार्यान्वयनमा आउने सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL