Logo

नारायणगढ मुग्लिन सडक आजदेखि दैनिक ६ घण्टा बन्द

नारायणगढ मुग्लिन सडक आजदेखि दैनिक ६ घण्टा बन्द


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणको कामलाई तिव्र बनाउन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जानकारी दिएको छ ।

दिउँसो कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भन्दै राती गर्न लागिएको सूचना अधिकारी शिव खनालले बताए ।

कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलोमा ठेकेदार आफैंले लाइटको व्यवस्था गरी कटिङको काम आज रातिबाट नै शुरु गर्ने भएका छन् ।

२९ किलो र ३३ किलोमा विद्युत प्राधिकरणको समन्वयमा आवश्यक लाइटको प्रवन्ध गरीसकिएको खनालले बताए ।

उनका अनुसार सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL